त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को च्याम्पियन बनेको छ ।
बुटवलमा सम्पन्न फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
पहिलो सेट १८–२५ ले गुमाए पनि आर्मीले दोस्रोमा भने २५–१८ को जित निकालेको थियो । पुलिसले तेस्रो सेटमा २०–२५ ले बाजी मार्दै अग्रता लियो । तर आर्मीले चौथो सेट २५–२२ र पाँचौ तथा निर्णायक सेट १५–७ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्यो ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो भयो । भारतको गुराजत भलिबल एसोसिएसन खेल्न नमानेपछि मणिमुकुन्दले वाकओभर पाएको हो ।
आर्मीले ट्रफीसहित ७ लाख, पुलिसले ३ लाख ५० हजार, मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रकाशित: २५ पुस २०८१ १७:४१ बिहीबार