२६ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

जय ट्रफी : बागमतीसँग बराबरीमा रोकियो त्रिभुवन आर्मी

जय ट्रफी पुरुष एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले बराबरी खेलेका छन् । पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग र बागमती मधेश प्रदेशसँग बराबरीमा रोकिएको थियो । बिहीबार नै भएको पहिलो खेलमा भने मधेश प्रदेशलाई नेपाल पुलिसले एक इनिङ्स र ३५ रनले पराजित गर्यो ।  

जनकपुरमा आर्मीले दिएको २०४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेलको समाप्तिमा ५ विकेट गुमाएर ८० रनमात्र बनाउन सकेपछि खेल बराबरीमा सकिएको हो । बागमतीका लागि शुभ शंकरले ३३ रन बनाए । आकाश चन्द र पवन कार्कीले समान २ तथा कुशल मल्लले एक विकेट लिए ।

यो पनि पढ्नुहोस्

जय ट्रफीमा पहिलो हारजित: पुलिस क्लबसँग मधेसको फराकिलो हार

यसअघि ५ विकेटको क्षतिमा १२४ रनबाट बिहीबार दोस्रो दिनको खेल थालेको बागमतीले पहिलो इनिङ्स ९ विकेटको क्षतिमा २ सय रनमा डिक्लियर गरेको थियो । नन्दन यादवले ५१ रन बनाए । आकाश चन्दले ३ तथा सोमपाल कामी, सहाब आलम र पवन पार्कीले समान २ विकेट लिए ।  

पहिलो इनिङ्स ५ विकेटको क्षतिमा २७६ रनमा डिक्लियर गरेको आर्मीले दोस्रो इनिङ्स भने ८ विकेट गुमाएर १२७ रनमा समाप्तिको घोषणा गरेको थियो । आर्मीका लागि त्रितराज दासले सर्वाधिक २८ रन बनाएका थिए । नन्दन यादवले ४ र प्रतिस जिसीले ३ विकेट लिए ।  

प्रकाशित: २५ पुस २०८१ १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App