जय ट्रफी : बागमतीलाई पराजित गर्दै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने
लिगको आफ्नो तेस्रो खेलमा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो । दुईमा बराबरी र एकमा जित निकालेको त्रिभुवन आर्मी पनि फाइनलमा प्रवेश गरेको छ ।