९ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरेको छ।

आज (मंगलबार) दिउँसो १ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि समय परिवर्तन गरिएको हो।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ समय निर्धारण गरेका हुन्।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार अब प्रतिनिधि सभाको बैठक भदौ १० गते बुधबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: ९ भाद्र २०८३ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App