लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्।
मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मन्त्री बनेका दीपेन्द्रकुमार पुनले स्वास्थ्य मन्त्री, इन्द्रजीत थारूले आर्थिक मामिला तथा योजनामन्त्री र कृष्णा कुश्मा थारूले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको शपथ खाएका हुन्।
समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसी लगायत उपस्थित थिए।
प्रकाशित: ९ भाद्र २०८३ १६:२४ मंगलबार


-600x400.jpg)


