नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबिच भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा शीर्ष नेताबिच छलफल भएको हो।
छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन्।
नेताबिच पछिल्लो राजनीतिक घटनाक्रम,समाजवादी मोर्चाको निरन्तरता लगायतका विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित: २५ पुस २०८१ १७:३९ बिहीबार