२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'कांग्रेस-एमालेको दुईतिहाइको सरकार यस्तै रफ्तारमा न्याय दिनलाई हो ?'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले सहकारी ठगी प्रकरणमा जोडिएकी अञ्जला कोइरालालाई रफ्तारमा न्याय दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनसम्बन्धी प्रकरणमा जोडिएकी उनलाई अदालतले १० लाख धरौटीमा छाडेको छ।

यसैलाई सन्दर्भ बनाउँदै नेता कार्कीले सोधेका छन्, 'कांग्रेस-एमालेको दुईतिहाइको सरकार यस्तै रफ्तारमा न्याय दिनलाई हो ?'

उनले अगाडि लेखेका छन्, 'एमाले सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगी गरेको भन्ने मुद्दा परेपछि फरार थिइन् । आज नै अदालत पुगिन् । १४ करोड अपचलन देखिएको उनी आज नै १० लाख धरौटीमा रिहा भइन्।'  

उनले यसलाई सुशासन भन्दै व्यङ्ग्य कसेका छन्। 'सुशासनको यही रफ्तार तपाईंले सरकार रहेसम्म देख्न पाउनु हुनेछ । नक्कली भुटानी शरणार्थी बनाउनेहरू छुट्नेछन् । सरकारी जग्गा पचाउनेहरू बच्नेछन् । वाइडबडी प्लेनका कमिसन र भ्रष्टाचार छोपिनेछन्,' उनले भनेका छन्।

प्रकाशित: २४ पुस २०८१ २१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App