२६ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा महिला लिग : नेपाल पुलिसविरुद्ध एपीएफको फराकिलो जित

एन्फा महिला लिगअन्तर्गत सुपर लिगको पछिल्लो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ । सुपर लिगमा यो एपीएफको लगातार तेस्रो जित हो । 

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध ६ गोलले पराजित गरेको हो । पहिलो हाफमा २ गोल गरेको एपीएफले दोस्रोमा ४ गोल थपेको थियो ।  

एपीएफको जितमा क्याप्टेन अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन् भने सरु लिम्बूले दोस्रो हाफको ६५ र ६७औं मिनेटमा २ गोल गरिन् । रेनुका नगरकोटीको नाममा रह्यो । 

एपीएफले दोस्रो हाफको अतिरिक्त समयमा मात्रै तीन गोल गरेको थियो ।  

प्रकाशित: २५ पुस २०८१ १७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App