२५ पुस २०८१ बिहीबार
image/svg+xml

ओली नेतृत्वको केन्द्रीय सदस्य बस्न प्रदेश सांसद र जिल्ला सचिवको अस्वीकार

खोटाङका नेकपाका दुई नेताले अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य पदलाई अस्वीकार गरेका छन्। १ नम्बर प्रदेशकी सांसद एबं नेकपाका प्रदेश कमिटि सदस्य उषाकला राई र नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले सामाजिक सञ्जालमार्फत ओली समूहको केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका छन्।

तुम्बाहाम्फेद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेका नेपाल कम्युष्टि पार्टी(नेकपा)को महाधिबेशन आयोजक समितिमा नाम सार्वजनिक भएका संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले सो समूहमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

काँग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ। उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ।

राउत वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

उद्योगी, व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजेन्द्र राउत प्रदेश १ बाट निर्विरोध निर्वाचित भएका छन्।

वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि लयालुको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि खोटाङका व्यवसायी राजेन्द्र लयालुले उम्मेदवारी घोषणा गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्