१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओली नेतृत्वको केन्द्रीय सदस्य बस्न प्रदेश सांसद र जिल्ला सचिवको अस्वीकार

प्रदेशसभा सांसद उषाकला राई र जिल्ला सचिव रामप्रसाद दंगाल ।

खोटाङका नेकपाका दुई नेताले अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य पदलाई अस्वीकार गरेका छन्। १ नम्बर प्रदेशकी सांसद एबं नेकपाका प्रदेश कमिटि सदस्य उषाकला राई र नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले सामाजिक सञ्जालमार्फत ओली समूहको केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका छन्। सचिव दंगालले बुधबार साँझ तथा प्रदेश सांसद राईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका हुन्। प्रदेशसभा सांसद राईले आफ्नो ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न असमर्थ भएको जानकारी गराएकी छन्। सांसद राई र सचिव दंगाल पूर्वएमाले छँदा माधव नेपाल समूहमा चिनिदै आएका थिए।  

ओली समूहमा उभिएको जानकारी पाउँदा सांसद राई र सचिव दंगाललाई गाली गरिरहेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले अहिले उनीहरुकै प्रशंसा गरिरहेका छन् भने आफ्नो समूहमा खुल्दा गुनगान गाइरहेका ओली समूहका कार्यकर्ता पुनः उनीहरुलाई गाली गर्न थालेका छन्। मंगलबार सांसद राई र सचिव दंगाललाई ओली पक्षले केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको थियो। ‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ, तर पद र पैसा केही होइन। जनताको दुई पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रष्टाचार अन्त्या गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइ रहेका थियौं। तर आज त्यो अलपत्र परेको छ,’ सांसद राईले लेखेकी छन्, ‘यो बीचको विकसित राजनीतिक परिघट्नामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु। तर मेरो ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न असमर्थ महसुस भएको छ। त्यस कारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु।’  

सचिव दंगालले पार्टीको जिल्ला सचिव र प्रदेस कमिटी सदस्य समेत रहेको हुँदा हाल यो पार्टीको केन्द्रीय सदस्य पदमा नरहने लेखेका छन्। ओलीले खोटाङबाट राई, दंगालसहित हरि पोखरेल, कर्ण घले, रमेश पौडेल र भीम राईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। प्रदेशसभा सांसद राजन राई भने हालसम्म कुनै समूहमा नलागी तटस्थ बसिरहेका छन्।

प्रकाशित: ९ पुस २०७७ ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App