प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेका नेपाल कम्युष्टि पार्टी(नेकपा)को महाधिबेशन आयोजक समितिमा नाम सार्वजनिक भएका संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले सो समूहमा आफ्नो संलग्नता नरहेको बताएका छन्। बुधबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै तुम्बाहाम्फेले आफूलाई थाहै नदिई समितिमा राखिएको प्रति आपत्ति उठाउँदै प्रचण्ड र माधव नेपाल समूहको नेकपाको पक्षमा रहेको बताएका छन्।
विज्ञप्तिमा उनले केपी ओली समूहको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम सार्वजनिक भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमार्फत आफ्नो संलग्नता अस्वीकार गरेका हुन्। मंगलबार ओली समूहले घोषणा गरेको केन्द्रीय समितिमा तुम्बाहाम्फेसहित ताप्लेजुङका ५ जनाको नाम सार्वजनिक भएको थियो। तुम्बाहाम्फे २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
प्रकाशित: ८ पुस २०७७ ११:०३ बुधबार