७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छिन्।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिए। 'एमसिसीप्रति कांग्रेस सकारात्मक छ। विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन।' उनले भने।

उनले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरे। उनले भने ,'गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ।' कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताए। रासस

प्रकाशित: ५ वैशाख २०७८ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App