५ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेसका केन्द्रीय नेताहरुले देशभरि चुनावी सभाहरुमा सम्बोधन गर्ने

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कीर्तिपुर नगरपालिकाः गठबन्धनबीच नै कडा प्रतिस्पर्धा

जनता समाजवादी पार्टी (जसपा) ले भने प्रमुखमा कांग्रेसलाई साथ दिने भएको छ। राष्ट्रिय जनमोर्चाको भने यहाँ कुनै उपस्थिति देखिँदैन। एमालेले राप्रपा नेपालसँग तालमेल गरेको छ।

स्थानीय तह निर्वाचन २०७९ः भक्तपुरमा आआफ्नै हिसाबकिताब

मध्यपुर थिमीमा मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू आफ्नै ज्वाइँ जेठान हुन्। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् भने एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन्। ज्वाइँ जेठानको प्रतिस्पर्धा मध्यपुर थिमीका मतदाताहरूका लागि चिया गफको विषय बनेको छ। ‘उहाँ र मेरो राजनीतिक विचारधारा फरकफरक छ।

दुःखकष्ट बुझ्ने विकासप्रेमीलाई मात्र मत दिन्छौँः मतदाता

आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन्।

कपिलवस्तुमा आइपुग्यो ४ लाख मतपत्र

आसन्न स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ४ लाख मतपत्र सोमबार बिहान आइपुगेको छ। मतपत्रसँगै नयाँ थपिएका मतदाताहरुको ६१ हजार बढी मतदाता परिचय पत्र समते आएको हो।

स्थानीय तह निर्वाचन: भोट माग्ने माध्यम सामाजिक सञ्जाल

बिहानदेखि बेलुकासम्मको धेरै समय उनको मोबाइल फोनमा कुरा गर्दैमा बितिरहेको छ। आफ्ना ससुराबुवाको निधन भएपछि तुलसादेवीले निर्वाचनको मुखैमा मतदातालाई भेट्न नपाएकी हुन्। काजकिरियामा बसेरै उनी मतदातालाई फेसबुक म्यासेन्जर र फोनमार्फत् भोट माग्दैछिन्। उनले गाउँपालिकाका मतदातालाई आफू काजकिरियामा बसेको जानकारी दिएकी छिन्।

मतगणना स्थलमा चार्जेबल बत्तिदेखि मतपेटिका जोगाउन प्लाष्टिकको योजना

स्थानीय तहको निर्वाचन मिति नजिकिदैं गर्दा निर्वाचनदेखि मतगणनासम्मको कार्य व्यवस्थित सम्पन्न गर्न अनेकन योजना बुन्न थालिएको छ।

कर्मचारीको सरुवा बढुवामा आउने दबाव अन्त्य गर्छु: अर्याल

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन्।

जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।

टीकापुरमा त्रिपक्षीय प्रतिस्पर्धा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको टीकापुर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

कपिलवस्तुमा ५२६ पदका लागि ३५ सय बढीको उम्मेदवारी

कपिलवस्तुमा आसन्न स्थानीय तहको निर्वाचनमा ५ सय २६ पदका लागि ३५ सय बढीको उम्मेदवारी परेको छ। १

महिला प्रतिनिधित्व घट्नु चिन्ताजनक

विशेष गरी सत्तारुढ दलले गठबन्धन गर्ने क्रममा महिला उम्मेदवार कम गरेका हुन्। महिला उम्मेदवार बढी दिनेमा भने नेकपा (एमाले) अगाडि रहेको छ। राजनीतिक तालमेल गर्ने क्रममा महिला उम्मेदवार घटाइएको छ। त्यसैले तालमेल पनि महिला विरोधी हुने रहेछ भन्ने स्थापित भएको छ।

मत बदर हुन नदिन के गर्ने?

२०७४ को स्थानीय निर्वाचनमा समग्रमा ३ दशमलव १८ प्रतिशत बदर भएको थियो। मत बदरलाई न्यूनीकरण गर्न भनेर त्यो साल निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहको गरी मतदाता शिक्षामा १ अर्ब ५० करोड खर्च गरेको थियो।

बैतडीमा प्रमुख पदमा महिला उम्मेदवारी शून्य

बैतडीमा प्रमुखका उम्मेदवारमा महिलाको संख्या शून्य रहेको छ। १० वटा स्थानीय तह भएको जिल्लामा कुनै पार्टीले महिला उम्मेदवारलाई टिकट दिएनन्।

गठबन्धनबीचको समझदारी नमान्नेलाई कारबाही गरिने

सत्तारुढ गठबन्धनबीचको समझदारी विपरीत उम्मेदवारी दिने र पार्टीको निर्देशनपछि पनि उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारहरुलाई गठबन्धन भित्रका सम्बन्धित दलहरुले कारबाही गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्