१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धनबीचको समझदारी नमान्नेलाई कारबाही गरिने

सत्तारुढ गठबन्धनबीचको समझदारी विपरीत उम्मेदवारी दिने र पार्टीको निर्देशनपछि पनि उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारहरुलाई गठबन्धन भित्रका सम्बन्धित दलहरुले कारबाही गर्ने भएका छन्।

स्थानीय तह निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन संयन्त्रको आज (आइतबार) बिहानको बैठकले गठबन्धन भित्र समझदारी भएको तर समझदारी अनुसार उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय गरेको छ।

बैठकले सुरुमा ती उम्मेदवार र क्षेत्रमा गठबन्धनको समझदारी अनुरुप कार्य गर्न गराउन आ-आफ्ना दलले मातहतका निकायहरुलाई निर्देशन गर्ने निर्णय पनि गरेको छ। ‘गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पुरा गर्ने। यो निर्णय पालना नगर्नेलाई आ-आफ्नो दलले कारबाही गर्ने निर्णय गरियो’, संयन्त्रले बैठकले भनेको छ।

प्रकाशित: १८ वैशाख २०७९ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App