५ आश्विन २०८१ शनिबार
image/svg+xml

मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ।

नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ।

स्थानीय तह निर्वाचनः कास्कीका ५० मतदान केन्द्र अति संवेदनशील

मतदान स्थल मध्ये पोखरा महानगरपालिकाका सुगम वडाहरुमा रहेका मतदान स्थलहरुलाई सामान्य मतदान स्थलका रुपमा राखिएको छ। सुगम वडाहरुसँग जोडिएका मतदान स्थलहरुलाई संवेदनशील र बाँकी वडामा रहेका मतदान स्थलहरुलाई अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको श्रोतको भनाई छ । यद्वपी सुरक्षा समितिले यसबारे जानकारी दिन नमिल्ने बताएको छ।

मुख्य नाकामा कडाइ, छेउछाउ खुला

निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ भने विराटनगरको मुख्य नाका रानीका ३ वटै ढाट पनि बन्द रहेका छन्। मुख्य नाकामा सुरक्षा चुस्त बनाएर कडाइ गरिए पनि नाकाको पश्चिमतर्फबाट भने सर्वसाधारणहरु सहजै आवतजावत गरिरहेका छन्।

सीमा नाका बन्द, सुरक्षामा कडाई

म्यादीसमेतको जनशक्ति गरेर नेपाल प्रहरीले २ हजार ७ सय बढी सूरक्षाकर्मी परिचालन गरेर पठाउनु पर्ने ठाउँमा खटाइसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलका अनुसार सिमा क्षेत्र र मतदान केन्द्रहरुमा गरी ८ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।

स्थानीय तह निर्वाचनः परिचयपत्र नहुँदा मतदाता अन्यौलमा

मतदाता परिचयपत्र हराए पनि मतदान गर्न पाइने मतदाता परिचयपत्र बितरणमा खटिएका कर्मचारीहरूले बताएका छन्। विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रका मतदान अधिकृत मोदराज दाहालले मतदाता परिचयपत्र हराए पनि नागरिकता, लाइसेन्स वा परिचय खुल्ने कागजात लिएर आए मतदान गर्न पाइने बताए।

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ। मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ।

भरपर्दो सूचना नदिँदा प्रहरीले दुःख पाइरहेको छः एसपी शाही

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा प्रहरीको बढदो सक्रियता दुरुपयोग गर्न सत्य तथ्य सूचना नदिँदा प्रहरी अनावश्यक दुःख पाइरहेको एसपी बिरेन्द्रबहादुर शाहीले बताएका छन्।

कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्व

स्थानीय तहको निर्वाचनतका लागि कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा खडा गरिएको छ।

मतगणना स्थलमा मदिरा सेवन गरे-नगरेको परीक्षण हुने

दैलेखका ११ स्थानीय तहमा हुने मतगणना स्थलमा मदिरा सेवन गरे/नगरेको अनिवार्य परीक्षण गर्न मेशिन राखिने भएको छ।

स्वास्थ्यकर्मी निर्वाचनमाः प्रसूति सेवा बन्द

गाउँपालिकाले सोमबार सार्वजनिक सूचना नै जारी गरेर मंगलबारदेखि वैशाख ३० गतेसम्म सेवा बन्द हुने जानकारी गराएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा तीनवटा स्वास्थ्य सेवा चुनाव अवधिभर पूर्णरूपमा बन्द हुने उल्लेख छ।

३७९ केन्द्रमध्ये४७ मा महिला मतदान अधिकृत

मतदान अधिकृतका लागि अधिकृतस्तरको कर्मचारी हुनुपर्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार जिल्लाका तीन सय ७९ मतदान केन्दमध्ये ४७ वटामा महिला मतदान अधिकृत तोकिएको छ। जुन कुल मतदान अधिकृत संख्याको १२ प्रतिशत हो।

परिचयपत्र हराए नागरिकता देखाएर पनि भोट हाल्न पाइने

म्याग्दीमा गएको निर्वाचनमा मतदाता परिचयपत्र बनाएकाहरूले हराएको हुनसक्न्ने भएकाले मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाउँदैनन् भन्ने हल्लाका बिच प्रमुख निर्वाचन अधिकृत पौडेलले नामावलीका भएको नाम र नागरिकताको परिचयपत्रमा नाम मिलेमा मतदान गर्न दिने गरी सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताए।

सर्लाहीको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला

सर्लाही जिल्लाको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला खटाइएको छ। वैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनावको लागि सर्लाहीको दुई मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म र सुरक्षाकर्मी पनि महिला नै खटाइएका हुन्।

सर्लाही र रौतहटमा १२ हजार सुरक्षाकर्मी चुनावका लागि परिचालित

स्थानीय तहको चुनावको लागि सर्लाही र रौतहटमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्