२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाही र रौतहटमा १२ हजार सुरक्षाकर्मी चुनावका लागि परिचालित

स्थानीय तहको चुनावको लागि सर्लाही र रौतहटमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको छ। सर्लाही र रौतहटमा गरी करिब १२ हजार सुरक्षाकर्मी परिचालन गरिएको सम्बन्धित निकायले जानकारी गराएका छन्।

भारतसँग सिमाना जोडिएका सर्लाही र रौतहटका कतिपय निर्वाचन स्थल तथा मतदान केन्द्र अति सम्वेदनशील रहेका छन्। सबै किसिमको सुरक्षा चुनौतीलाई मध्यनगर गरेर दुवै जिल्लाको चुनावी सुरक्षा योजना बनाइएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले रौतहटमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले पनि सर्लाहीमा सबै किसिमको सुरक्षाकर्मी गरी करिब छ हजार परिचालन भइसकेको जानकारी गराएका छन्।

सोमबारदेखि अधिकांश मतदान स्थलमा मतदान कर्मचारी खटिसकेका छन्। मतदान कर्मचारी मतदान स्थलमा पुगिसकेको ठाउँमा सुरक्षाकर्मी पनि खटिइसकेको छ। सुरक्षाकर्मीहरु परिचालित भइसकेको र सबै ठाउँको मतदाता तथा मतदान स्थलको सुरक्षा गर्न सबै किसिमले तयारी पूरा भइसकेको रौतहटका प्रजिअ शाहीको दाबी छ। मतदानको दिन सबै मतदातालाई निर्भयताका साथ शान्तिपूर्वक मतदानमा सहभागी हुन प्रजिअ शाहीले आग्रह गरेका छन्।

साधारण, सम्वेदनशील र अति सम्वेदनशील गरी मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले तीन वर्गमा विभाजन गरी सोही अनुसार सुरक्षाकर्मीको परिचालन गरिएको बताउँदै प्रजिअ शाहीले कुनै पनि कारणले सुरक्षाको थप आवश्यकता परेमा पाँच मिनेटभित्र थप बल पुग्ने गरी व्यवस्थापन गरिएको बताएका छन्। मतदान स्थलमा रहने सुरक्षाकर्मीका अलावा सुरक्षा निकायले नियमित गस्ती पनि गरिरहने सुरक्षास्रोतको भनाइ रहेको छ।

प्रकाशित: २७ वैशाख २०७९ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App