२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सीमा नाका बन्द, सुरक्षामा कडाई

क्यापसनः सिमानाका बन्द भएपछि बुधवार पैदल आवागमन गर्दै यात्रु । तस्विरः नागरिक

आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मंगलवार मध्यरातदेखि सीमानाकामा आवागमन बन्द गरेर सीमा बन्द गरिएकाे छ।

सवारी साधन भारतबाट आउन र नेपालबाट भारततर्फ जानमा भने रोक लगाइको छ। नेपाली परिचय पत्र भएका नागरिकलाई भारतबाट नेपाल प्रवेश गर्न भने दिइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले जनाए अनुसार पर्सा सिमावर्ती जिल्ला तथा देशको मुख्य नाका भएकोले यहाँ सूरक्षा व्यवस्था मिलाउदा यस अवस्थालाई ध्यान दिइएको छ।

त्यसतै को मौन अवधि सुरु भएसँगै मधेस प्रदेशको एक मात्र महानगपालिका वीरगन्जसहित पर्सामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। पर्सा जिल्लामा रहेका १ सय ६७ मतदान केन्द्रमध्ये ५५ वटा महानगरपालिकामा पर्छन्। अति संवेदनशील र समान्य गरी ठाउँहरूको विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।  

म्यादीसमेतको जनशक्ति गरेर नेपाल प्रहरीले २ हजार ७ सय बढी सूरक्षाकर्मी परिचालन गरेर पठाउनु पर्ने ठाउँमा खटाइसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलका अनुसार सिमा क्षेत्र र मतदान केन्द्रहरुमा गरी ८ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ। सीमा नाकाको सुरक्षाका लागि भारतीय एसएसबीसँग पनि समन्वय गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।  

मतदानस्थलहरुको सुरक्षामा तीन घेराको सूरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। मतदानस्थलमा नेपाल प्रहरी म्यादीसहित रह्ने छन्। बाहिरबाट सशस्त्र प्रहरी बलको सूरक्षा घेरा राखिएको छ । तेस्रो तथा अन्तिम नेपाली सेनाको टोली पचिालन गरिएको जनाइएको छ।

प्रकाशित: २८ वैशाख २०७९ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App