५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भरपर्दो सूचना नदिँदा प्रहरीले दुःख पाइरहेको छः एसपी शाही

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा प्रहरीको बढदो सक्रियता दुरुपयोग गर्न सत्य तथ्य सूचना नदिँदा प्रहरी अनावश्यक दुःख पाइरहेको एसपी बिरेन्द्रबहादुर शाहीले बताएका छन्। निर्वाचन नजिकिएसँगै गलत र भ्रामक सुचना दिँदा अहोरात्र खटिने प्रहरीले दुःख पाएको उनको भनाइ छ।

शान्ती सुरक्षालाई प्राथामिकतामा राखेर परिचालित प्रहरीले शान्ती सुरक्षा गम्भीरतालाई लिएर रेपोन्स टिम परिचालित गरेको उनले खुलाए। ‘शान्ती सुरक्षाको लागि खटिएको प्रहरीले सूचना पाउँन साथ परिचालित हुने गरेको छ’ उनले भने, ‘प्रहरीलाई प्राप्त हुने सूचना आफू अनुकुल र पक्षको मात्र दिँदा अलि समस्या भएको छ।’

उनका अनुसार प्रहरीले प्राप्त गरेको सूचना पाएर परिचालित प्रहरी घटनास्थल पुग्दा अधिकांश ठाउँमा प्रहरीले दुःख पाएको छ। जिल्लाका मतदान केन्द्रमा आवश्यक जनशक्ति सुरक्षामा खटिएका कारण जनशक्ति अभाव रहेको अवस्थामा प्रहरी दिने सूचना आधिकारीक र भरपर्दो दिन पर्ने उनले आग्रह गरेका छन्।

जिल्लाको शान्ती सुरक्षामा परिचालित प्रहरीका कारण अहिलेसम्म कुनै अप्रिय घटना नघटेको उनले दाबी गरे। सुरक्षा विषयमा गम्भीरता र सक्रियता देखाएकाले स्थानीय तहको निर्वाचनमा सर्वसाधरणले शान्ती पूर्ण तरिकाले मतदान गर्न सहज वातारवरण बनेको उनले जिकिर गरे। ‘प्रहरीले यो पार्टी र त्यो पार्टी भन्ने कुरा भएन’ उनी भन्छन्,‘शान्ती सुरक्षाका लागि २४ औ घण्टा प्रहरी खटिरहेको छ।’

उनका अनुसार मतदान केन्द्रको सुरक्षामा प्रहरीले आवश्यक जनशक्ति उपलब्ध गराएको छ। कुनै पक्ष वा विपक्ष नभनि परिचालित प्रहरीका कारण निर्वाचनमा प्रत्यासी दलको उम्मेदवारको व्यवहार प्रहरीप्रति सकारात्मक पाइएको छ। मतदान केन्द्रमा म्यादी प्रहरी  र नेपाल प्रहरी मातहतका प्रहरी कार्यालयबाट खटिएका छन्।

नेपाल प्रहरी ९ सय २१ जनाले कार्यालय सुरक्षा, मतदान केन्द्र र  शान्ति सुरक्षामा खटिएका छन्। बाहिरी घेरमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालित भएको छ। जिल्लामा म्यादी १ हजार ३ सय ४८ जना खटिएका छन्। १ हजार २ सय ९४ जना म्यादी प्रहरी र ९ सय २१ जना नेपाल प्रहरी फिल्डमा परिचालित भएको एसपी शाहीले जानकारी दिए।

प्रकाशित: २८ वैशाख २०७९ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App