४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नयाँ जनप्रतिनिधिको नयाँनयाँ निर्णय

भर्खरै स्थानीय तहको निर्वाचन सकिएर पदभार गरेलगत्तै जनप्रतिनिधिहरूले नयाँनयाँ निर्णयहरू सार्वजनिक गरेका छन्।

योगदानमा आधारित सामाजिक सुरक्षा

राज्यको सम्पत्ति बाँडेर आफूलाई दानी साबित गर्नुभन्दा कसरी सबै नागरिकलाई न्युनतम आम्दानी गर्न सक्ने बनाउने हो, त्यतातिर चिन्तन आवश्यक छ। माछा मारेर दिनु भन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।

उपत्यकामा १२ प्रमुखसहित कांग्रेस ठूलो दल

गोकर्णेश्वर नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका सन्तोष चालिसे, चन्द्रागिरी नगरपालिका नेपाली कांग्रेसका घनश्याम गिरी, दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मोहन बस्नेत र नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका थिए।

मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’

वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ–काठमाडौं महानगरपालिकाको नतिजाप्रति।

जहाँ ओलीको भाषण, त्यहीँ हार

एस पार्टीकी मिना लामा र कांग्रेसका राजेश बानियाँले जीत हाँसिल गरेका छन्। लामा बागमती प्रदेशको उपमहानगरपालिकामा पहिलो मेयर हुन्। लामा यसअघि एमालेको तर्फबाट उपमेयर थिइन्। उनी एमाले विभाजन भएपछि एसतिर लागेकी थिइन्।

दलका उम्मेदवारमाथि बागी हाबी

पार्टी निर्णयविरुद्ध बागी बनेर चुनावी मैदानमा उत्रिनेमा कांग्रेस नेता तथा कार्यकर्ता मात्र छैनन्, प्रमुख प्रतिपक्षी एमाले, सोही पार्टीबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी लगायत दलका नेताकार्यकर्ता पनि छन्। जनमत एकातिर पार्टी निर्णय अर्कोतिर हुँदा भएको विद्रोह र त्यसको परिणामले पार्टीहरूलाई सोच्न बाध्य पारेको हुनुपर्छ।

पर्वतका ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य

पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुन सकेका छैनन्। सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन्।

एक्लै लड्दा जितैजित, गठबन्धनमा हारैहार

स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलबीच तालमेल गरेर जाने पक्षमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दरिलो रूपमा उभिएका थिए।

आठ प्रतिशत तहको परिणाम आउन बाँकीः कांग्रेसको अग्रता कायमै

देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरुपमा बढी मतदाता रहेका महानरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ।

इलामका ३८ वडाध्यक्ष कांग्रेस, ३१ मा एमाले विजयी

इलामका १० वटै पालिकाका १ वटा वडामध्ये सबैभन्दा बढी वडाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ।

उपत्यकाका चार पालिकाको परिणाम आउन बाँकी

पाँच पालिका रहेको ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका हरिगोविन्द श्रेष्ठले अग्रता लिइरहेका छन् भने उपप्रमुखमा एमालेकी विना सुवेदीले अग्रता लिइरहेकी छन्।

सत्ता पक्षबीच नै प्रतिस्पर्धा

सत्तारूढ प्रमुख राजनीतिक दलहरूबीच स्थानीय तहको निर्वाचनमा सयभन्दा बढी स्थानीय तहमा मुख्य प्रतिस्पर्धा भएको छ।

धरमरमा सत्ता गठबन्धन

कांग्रेसका सबै कार्यकर्ताले धेरै स्थानमा माओवादी, नेकपा एस र जसपाका उम्मेदवारलाई मतदान नगर्दा हार्नुपरेको ती दलको गुनासो छ। यसबाट गठबन्धनमा हार्दिकता खलबलिएको संकेत मिलेको छ।

माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

रोल्पा जिल्लाका १० स्थानीय तहको निर्वाचन मतगणना सकिएको छ। माओवादी विरासत र उसको दम्भ भत्काउन भन्दै एक भएका कांग्रेस, एमाले र विप्लव लगायतका शक्ति असफल भएको माओवादीको जिकिर छ।

अब एमाले रणनीति ‘दुधभात’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न एमालेले ‘दुधभात’को रणनीति अपनाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्