१५ वैशाख २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

इलामका ३८ वडाध्यक्ष कांग्रेस, ३१ मा एमाले विजयी

इलामका १० वटै पालिकाका १ वटा वडामध्ये सबैभन्दा बढी वडाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ।

सबै पालिकाका सबै वडाको मतगणना सकिंदा कांग्रेसले ३८, नेकपा (एमाले)ले ३१, नेकपा (एकीकृत समाजवादी)ले ६ र नेकपा (माओवादी केन्द्र)ले २ वटा वडाको अध्यक्ष जितेका छन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, (जसपा), राष्ट्रिय जनमुक्ति पार्टी (राजमुपा) र स्वतन्त्र उम्मेदवारले १/१ वडाको वडाध्यक्ष जितेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले ४७ र कांग्रेसले ३१ वटा वडाको अध्यक्ष जितेका थिए। त्यतिबेला माओवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राजमुपाले १/१ वडाको अध्यक्ष जितेका थिए। अहिले जसपाले समेत एउटा वडाको अध्यक्ष जितेको छ भने माओवादीले थप २ वटा वडाको अध्यक्ष जितेको छ। एमालेबाट विभाजित नेकपा (एस)ले ६ वटा वडामा विजय हासिल गरेको छ।

इलामका ८१ वटा वडाको अध्यक्षमा विजयी दलका उम्मेदवारको विवरण यस्तो छ: एमालेले अध्यक्ष जितेका वडा-: रोङ- ४,६ सूर्याेदय - २, १३ फाकफोथकथुम - ३, ५,६ देउमाई - १, २, ४,५,८ माई - २,४,५,७,८,९,१० इलाम-२,११,३ माइजोगमाई - १,४,५,६ सन्दकपुर - १, ५ माङ्सेबुङ - २,४,६। यस्तै कांग्रेसले अध्यक्ष जितेका वडा-: रोङ - १,३,५ सूर्याेदय - १,३,५,७,८,११,१४ फाकफोकथुम - १,२,४,७ देउमाई - ३,६,७,९ माई - १,३,६ इलाम - १,४,५,६,७,८,९,१०,१२ चुलाचुली - २,३,४,५,६ माइजोगमाई - २,३ सन्दकपुर - ३।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष जितेका वडा-: सूर्याेदय - ४,६,९,१०,१२ सन्दकपुर - २। र नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष जितेको वडा-: माङ्सेबुङ - १,३। राष्ट्रिय जनमुक्ति पार्टीले अध्यक्ष जितेको वडा-: माङ्सेबुङ ५। यसैगरी जनता समाजवादी पार्टीले अध्यक्ष जितेको वडा-: सन्दकपुर ४। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष जितेको वडा-: चुलाचुली १ र स्वतन्त्रले अध्यक्ष जितेको वडा-: रोङ २।

प्रकाशित: ७ जेष्ठ २०७९ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App