१ मंसिर २०८१ शनिबार
image/svg+xml

तनहुँलाई पराजित गर्दै नवलपुरको सुखद अन्त्य

तनहुँलाई ८ विकेटले पराजित गरेर नवलपुरले दोस्रो जित निकाल्दैं गण्डकी प्रदेश यु–१९ क्रिकेट छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

कांग्रेस महाधिवेशन: सुर्खेतमा संस्थापन समूहको वर्चश्व

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आठ पालिकामा संस्थापन (शेरबहादुर देउवा) समूह विजयी भएको छ।

प्रदेश १ को बजेट परिमार्जन गरिने

आङ्वोले पहिलेको सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने र अनुत्पादन तथा विचौलिया पोस्ने हिसावले ल्याइएका कार्यक्रहरू कटौती गरिने स्पष्ट पारे।

नवलपुर स्याङ्जासँग ८ विकेटले पराजित

टस जित्दै व्याटिङ थालेको नवलपुर केवल ५० रनमै समेटिन पुगेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत बिहीबार स्याङजाले नवलपुरलाई सस्तैमा समेट्ने क्रममा नौ व्याट र दोहोरो अंकको रनविहीनमै पभेलियन फर्किए।

प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

बजेट कार्यान्वयनको गति बढाउन पहल

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको गति बढाउन पहल शुरु गरेको छ। बजेट कार्यान्वयनको वर्तमान अवस्था बुझ्दै त्यसको गति बढाउन गण्डकी प्रदेश सरकारको अर्थ मन्त्रालयले पहल शुरु गरेको हो।

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री राईले मागे विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मागेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत मागेका हुन्।

गण्डकी प्रदेश सरकारको अनुरोधः पोखरालाई पर्यटकीय राजधानी बनाऔं

गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन दोश्रोपटक संघीय सरकारलाई अनुरोध गरेको छ। गण्डकी प्रदेशको कात्तिक २९ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो।

प्रदेशको पहिचानका लागि विश्वविद्यालयः मुख्यमन्त्री पोखरेल

गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन्।

कर्णालीका नवनियुक्त मन्त्री शाहीले लिए शपथ

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का शाहीले शपथ लिएका हुन्।

प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो।

प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

प्रतिक्षदलले बन्दका कारण सांसदहरू आउन नसक्ने भनेर बखेडा झिकेपछि साढे १२ बजे बस्ने भनेको बैठक अझैसम्म बस्न सकेको छैन।

मुख्यमन्त्रीले आज विश्वासको मत लिने

आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसकेका छन्।

राहत लिएर आगलागी पीडित भेट्न जाँदै मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु सदरमुकाम गमगढीमा मंगलबार राति भएको आगलागी घटनाको स्थलगत अवलोकन गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्