१ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रदेश २ः ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा अनियमिता

‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

मुख्यमन्त्री शाहीद्वारा आगलागी घटनाप्रति दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

काठमाडौंका विपन्नलाई भैंसी पाल्न अनुदान

भैंसीपालन अनुदानलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे आयोजित छलफल कार्यक्रममा स्थानीय जनप्रतिनिधि,राजनीतिक दल तथा स्थानीयले विपन्न वर्गको जीवनस्तर उकास्न यो गतिलो माध्यम भएकाले सबैले सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

बाटो बाटोमा बा, बा भनेर कराउनेहरु, अहिले पनि बा बालुवाटारमा छ भन्ठान्छन् : मन्त्री भडेल

मन्त्री भडेलले नगरकोट सडक बनाउन आफू सक्रिय रहने बताउँदै त्यसका लागि गठबन्धन सरकारसँग समेत अनुरोध गर्ने बताए।

स्थायित्वको जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारमाः मुख्यमन्त्री पोखरेल

सारा अधिकार आफ्ना हातमा लिन खोजेकाले तत्कालीन नेकपामा विद्रोह हुँदा कांग्रेसलाई जिम्मेवारी मिलेको उनको भनाइ छ।

राजनीतिक उतारचढावले विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ।

प्रतिगमनकारी अझै सल्बलाई रहेका छन्ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी अहिले पनि सल्बलाई रहेको बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रतिगमनकारी केही हदसम्म परास्त भएपनि अहिले फेरि सल्बलाईरहेका बताएका हुन्।

योजना कार्यान्वयनमा बजेट अपुगः मुख्यमन्त्री पोखरेल

अर्थमन्त्री जनार्दन शर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ। भेटवार्ताको क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशमा आम्दानीको स्रोत सीमित हुँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या भएको बताए।

गण्डकीमा ४३ सङ्क्रमित थपिए

थपिनेमा कास्कीका २४, तनहुँका छ,स्याङ्जाका पाँच, बाग्लुङका तीन,म्याग्दी र नवलपरासी ९ बर्दाघाट सुस्ता पूर्वका दुई र दुई, र पर्वतका एक जना रहेका छन्।

प्रदेश १ मा ४१ जनामा कोरोना संक्रमण

३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

वाग्मती मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषद्मा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।

जनगणनाका लागि सही विवरण टिपाउन मुख्यमन्त्री शाहीकाे आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाका लागि घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्