१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाडौंका विपन्नलाई भैंसी पाल्न अनुदान

वाग्मती प्रदेश सरकारले विपन्नलाई भैंसी पाल्न अनुदान दिने उद्देश्यले ५० लाख रुपियाँ विनियोजन गरेको छ। यो रकम काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१,२र ३ तथा गोकर्णेश्वर नगरपालिकाको वडा नं.१ देखि ८ सम्मलाई भैंसी पकेट क्षेत्रका रूपमा विकास गरी उपयोग गरिने पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सांसद रामेश्वर फुयाँलले जानकारी दिए।

भैंसीपालन अनुदानलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे आयोजित छलफल कार्यक्रममा स्थानीय जनप्रतिनिधि,राजनीतिक दल तथा स्थानीयले विपन्न वर्गको जीवनस्तर उकास्न यो गतिलो माध्यम भएकाले सबैले सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

पूर्वमन्त्री फुयाँलका अनुसार छनोट भएका विपन्न परिवारलाई भैंसी पाल्ने प्रयोजनका लागि ९० प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ। फुयाँलका अनुसार अतिविपन्न कृषक छनोट गर्ने जिम्मा वडालाई दिइनेछ भने यो अनुदानबाट करिब ३ सय परिवार लाभान्वित हुनेछन्।

उक्त कार्यक्रममा किसानको जीवनस्तर उकास्ने लगायतका काममा प्रभावकारी भूमिका निर्वाह गरेबापत कागेश्वरी मनोहरा नगरपालिका–३स्थित प्रगतिशील महिला समूहलाई सम्मान गर्ने घोषणा पनि गरिएको थियो। आफूले ‘भैंसी हुन्,कालो सुन’ भन्ने नारा नै अघि सारेर भैंसीपालन अभियानलाई सदृढ तुल्याउन लागिपरेको सांसद फुयाँलले सो अवसरमा जानकारी दिएका थिए।

प्रकाशित: ३० कार्तिक २०७८ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App