१३ आश्विन २०८३ मंगलबार
image/svg+xml

कालीगण्डकी कोरिडोरको मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक ६ दिनभित्र सञ्चालनमा ल्याइने

अविरल वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक ३ देखि ६ दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

नेपाल पनि उल्लेख भएको युएन सम्बोधनपछि दक्षिण कोरियाले युक्रेनलाई माफी माग्न भन्यो

दक्षिण कोरियाका केही विज्ञले जेलेन्स्कीले रूसको पक्षमा उत्तर कोरियाली सैनिकको संलग्नता सार्वजनिक गरेर पश्चिमी देशबाट थप सहयोग जुटाउने प्रयास गरेको हुन सक्ने बताएका छन्।

सहकारी ठगेर विदेशमा बिन्दास

जिबीविरुद्ध २०८० माघ २५ गते इन्टरपोलमा रेड नोटिस जारी भएको थियो। रेड नोटिसको रेकर्डअनुसार २०८० चैत ६ गते जिबीले मलेसियामा ‘म्यासेज रिसिभ’ गरेको देखिएको थियो।

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ।

२४ घण्टामा देशभर २७२ विपद्का घटना

पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन्। विपद्‍मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ।

सडकको सकस

काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख सडकसमेत बन्द हुँदा यात्रु मात्र अलपत्र परेका छैनन्, खाद्यान्नको आपूर्तिमा पनि रोकिएको छ। त्यसले काठमाडौंसहित देशभरिको भान्सा महँगो बन्न पुगेको छ।

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले विधेयक प्रस्तुत गर्ने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्ने छन्।

एसियाली खेलकुद : वर्षाका कारण नेपाल-श्रीलंका खेल रद्द, नेपाल खेल नि नखेली बाहिरियो

नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाल र श्रीलंकाबीचको पुरुष क्रिकेट क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ।

राज्यले दिएको सुरक्षासहित निवासमा रहेका जबरामाथि उचित व्यवहार भएन : न्यायाधीश समाज

न्यायाधीश समाज, नेपालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतराको कारण देखाएर प्रहरी नियन्त्रणमा लिइएकोप्रति आपत्ति जनाएको छ।

जडीबुटी सङ्कल गर्न जाँदा सम्पर्कविहीन भएका हुम्लाका १० जना ७ दिनपछि सकुशल भेटिए

जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन्।

नेशनल मेडिकल कलेजमा ५३ डाक्टर निकालिएपछि तनाव: कारबाही माग्दै संघ, कलेजको आफ्नै दाबी

प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन शाहसँग नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कार्वाही गर्न नेपाल चिकित्सक संघले माँग गरेको छ।

कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको छ।

सडकमै मृग च्यापेर उभियो पाटेबाघ, शुक्लाफाँटा यात्रा असुरक्षित

कञ्चनपुरको बेलौरीस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थीले सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने बेलडाँडी-दैजी सडकखण्डको किनारमा पाटेबाघ देखे।

चीनको सामान छुटाउन क्युआरबाट २८ लाख घुस असुल्ने खाद्य अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको उद्योग अनुमति नवीकरण शाखामा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले चीनको बोर्डरमा रोकिएको सामान आयात गर्ने प्रयोजनका लागि अनुमति दिन सेवाग्राहीलाई घुस दिन बाध्य पारेको अख्तियारको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्