१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ४१ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १५, सुनसरीमा १२, मोरङमा ८, इलाम र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो। झापाको दमकमा ५, अर्जुनधारामा ३, हल्दिबारीमा २, गौरादह, मेचीनगर, विर्तामोड, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको धरानमा ८, इटहरी र इनरुवामा २–२, मोरङको विराटनगरमा ३, उर्लाबारीमा २, सुन्दरहरैँचा, रतुवामाई र लेटाङमा १–१, इलामको इलाम नगरपालिका र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रबार ४४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १९ महिला र २५ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०७८ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App