७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्यमन्त्री शाहीद्वारा आगलागी घटनाप्रति दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

मुख्यमन्त्री शाहीले आगलागीबाट २१ घर जल्नुका साथै अर्बौको सम्पत्ती नष्ट भएको घटनाप्रति प्रदेश सरकार गम्भीर भएको उल्लेख गरेका छन्। उनले क्षतिको विवरण संकलन गरेर उचित राहत प्याकेज उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएका छन्।

‘कर्णाली प्रदेश सरकार आगलागीबाट पीडित स्थानीयको राहत तथा पुनर्स्थापनामा गम्भीर छ,’ मुख्यमन्त्री शाहीले विज्ञप्तिमार्फत भने, ‘तत्कालका लागि अल्पकालिन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ, स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्छ।’

मुख्यमन्त्री शाहीले आगलागी नियन्त्रमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयलाई आभार व्यक्त गर्दै आगलागीबाट थप क्षति हुन नदिन र यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रशासन थप सचेत र सजक हुनुपर्ने बताएका छन्। मुगुको छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा मंगलबार राति साढे १२ बजेतिर आगलागी हुँदा २१ घर जल्नुका साथै अर्बौको सम्पत्ती क्षति भएको थियो।

यो पनि पढ्नुहोस्

मुगुमा आगलागी, २१ घर जलेर नष्ट

प्रकाशित: ३० कार्तिक २०७८ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App