१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनगणनाका लागि सही विवरण टिपाउन मुख्यमन्त्री शाहीकाे आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाका लागि घर-दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह गरेका छन्। बिहीबार पारिवारिक तथा व्यक्तिगत विवरण संकलन कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले नागरिकले दिएको सही तथ्याङ्कले मात्रै योजना तथा कार्यक्रम बनाउन सरकारलाई सहज हुने बताए।

‘यो पटकको गणना मानिसको मात्रै होइन्, विकासको योजना बनाउन संकलन गरिने तथ्याङ्क पनि हो,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले सही विवरण टिपाएर कर्णालीको विकास र समृद्धिको लागि सहयोग गरिदिन आम कर्णालीबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा अपिल गर्दछु।’  

मंसिर ९ गतेसम्म सञ्चालन हुने जनगणनामा प्रत्येक घर–घरमा पुगेर ८० वटा प्रश्न सोधिने छन्। यस पटकको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ। मुख्यमन्त्री शाहीले जनगणनाबाट आउने सही तथ्याङ्कको आधार गराएर सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर सबैले गणकहरुलाई सहयोग गर्नुपर्ने बताए। 

‘जनगणनाबाट आउने सही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा फरक क्षमता भएका व्यक्तिहरुका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउछ,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले आफुले टिपाएको सही तथ्याङ्कले आफ्नै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने बुझ्नुहोला।’ उनले घर–घरमा तथ्याङ्क संकलन गर्न आउने गणकहरुलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गरे।

मुख्यमन्त्री शाहीले नागरिकहरुले टिपाएका विवरणहरु गोप्य रहने भएकाले निर्धक्क भएर सही विवरणहरु गणकलाई टिपाउन आग्रह गरे। ‘तपाईँले टिपाएका तथ्याङ्क गोप्य रहन्छन्, त्यसैले आफूले टिपाएका विवरणको गोपनीयता नरहने हो कि भनेर कसैले पनि द्धिविधा लिनु हुँदैन,’ मुख्यमन्त्री शाहीले भने, ‘राज्यको पुर्नसंरचनापछिको यो पहिलो जनगणना भएकाले यस पटकको जनगणनाको खास महत्व छ।’

प्रकाशित: २५ कार्तिक २०७८ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App