८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस महाधिवेशन: सुर्खेतमा संस्थापन समूहको वर्चश्व

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आठ पालिकामा संस्थापन (शेरबहादुर देउवा) समूह विजयी भएको छ। 

नौ वटा पालिका रहेको सुर्खेतमा एउटा पालिकामा मात्रै रामचन्द्र पौडेल समूह विजयी भएको छ। सुर्खेतमा नौ मध्ये दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको थियो भने बाँकी स्थानीय तहमा निर्वाचन भएको थियो। सुर्खेत नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला हो।

संस्थापन समूहले प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकासहित भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिंगाड गाउँपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा विजयी भएको छ। चौकुने गाउँपालिकामा पौडेल समूह विजयी भएको छ।

वीरेन्द्रनगरमा संस्थापन समूहका उपेन्द्र खड्का, भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, गुर्भाकोट नगरपालिकामा हस्त पुन, लेकवेशी नगरपालिकामा उमेश पौडेल, सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत, चिंगाड गाउँपालिकामा डोरप्रसाद शर्मा, बराहताल गाउँपालिकामा भीम भण्डारी र पञ्चपुरी नगरपालिकामा कृपाराम थापा सभापतिमा निर्वाचित भए। चौकुने गाउँपालिकामा पौडेल समूहका नरबहादुर बान्तोला सभापतिमा निर्वाचित भए।

प्रकाशित: ३ मंसिर २०७८ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App