८ वैशाख २०८१ शनिबार
राजनीति

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन्।

राईको पक्षमा ५० जना सांसदले मत दिएका छन् भने विपक्षमा २९ जनाले मत दिएका छन्। बुधबारको प्रदेशसभा बैठकमा ७९ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे।

मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन्।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन्।

प्रकाशित: १ मंसिर २०७८ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App