१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा ५० र १ सय जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो।  

झापाको मेचीनगरमा ७, विर्तामोडमा ४, कनकाई, भद्रपुर र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज, दमक, बुद्धशान्ति, गौरादह, अर्जुनधारा, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १०, रतुवामाई, पथरीशनिश्चरे, केराबारी, सुनबर्षी, जहदा र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ४, दुहबी र धरानमा १–१, पाँचथरको कुम्मायक र फालेलुङमा १–१, उदयपुरमा १ र इलामको सूर्योदयमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलबार २५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७८ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App