१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राहत लिएर आगलागी पीडित भेट्न जाँदै मुख्यमन्त्री शाही

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को बैठकमा सहभागी मुख्यमन्त्रीलगायत।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु सदरमुकाम गमगढीमा मंगलबार राति भएको आगलागी घटनाको स्थलगत अवलोकन गर्ने भएका छन्। आगलागी पीडितहरुलाई तत्कालीन राहत सामाग्री लिएर मुख्यमन्त्री शाही बुधबार दिउँसो मुगु जाने कार्यक्रम छ। 

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले मुख्यमन्त्रीको नेतृत्वमा आगलागी घटनाको स्थलगत अनुगमन गर्ने, तत्कालका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, टेन्टलगायतका सामाग्रीहरु पीडितहरुलाई दिने र स्थानीय प्रशासनबाट क्षतिको विवरण आएपछि थप राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झकप्रसाद आचार्यले पीसीएमसीको आकस्मिक बैठकले तत्कालका लागि आगलागी पीडित २१ घरपरिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, टेन्टलगायतका सामाग्रीहरु प्रदान गर्ने र स्थानीय प्रशासनबाट क्षतिको यकिन विवरण आएपछि थप राहत प्याकेज उपलब्ध गराउने निर्णय भएको बताए। 

‘आगलागीबाट मुगु सदरमुकाम गमगढीमा ठूलो क्षति भएको छ, स्थलगत अनुगमनका लागि मुख्यमन्त्रीज्यू तत्कालीन राहत सामाग्री लिएर जाँदै हुनुहुन्छ,’ सचिव आचार्यले भने, ‘मुख्यमन्त्रीज्यूको स्थलगत अनुगमन र स्थानीय प्रशासनको क्षतिको विवरणका आधारमा प्रदेश विपद् व्यवस्थापन केन्द्रले थप निर्णय गर्छ।’ मंगलबार राति साढे १२ बजेतिर स्थानीय ठिन्ले लामाको घरबाट सुरु भएको आगलागीका कारण २१ घर जलेर नष्ट भएका थिए।

यो पनि पढ्नुहोस्

मुगुमा आगलागी, २१ घर जलेर नष्ट

प्रकाशित: ३० कार्तिक २०७८ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App