coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ को बजेट परिमार्जन गरिने

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनसहित परिमार्जन गर्ने बताएका छन्। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्वोले चालू आर्थिक वर्षको बजेट सरकारले पुनरावलोकनसहित परिमार्जन गर्ने बताएका हुन्।

आङ्वोले पहिलेको सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने र अनुत्पादन तथा विचौलिया  पोस्ने हिसावले ल्याइएका कार्यक्रहरू कटौती गरिने स्पष्ट पारे।

उनले भने, ‘अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालू आर्थिक वर्षको बजेट परिमार्जन गर्छाैं।’  उनले सरकारले बजेट प्रतिस्थापन विधेयक भने संसदमा नलैजाने स्पष्ट पारे।

आङ्बोले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार र पर्यटकीय क्षेत्र प्रर्वद्धनसम्बन्धी आयोजनाहरुलाई  परिणाममुखीरुपमा कार्यान्वयनमा लैजाने तयारी सरकारले गरेको  जानकारी दिए। उनले सरकारले स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू कार्यान्वयनमा लैजाने स्पष्ट पारे।

आङ्वोले आफूले छाडेको समय भन्दा बढी काम सरकारले गर्न नसकेको दाबी गरे। उनले भीम आचार्य नेतृत्वको सरकार अबैधानिक भएकाले उक्त सरकारले गरेका नियुक्ती र निर्णयहरू खारेज गर्ने बताए।

आङ्वोले आउँदो मङ्सिर १५ गतेभित्र प्रदेश सरकारको मन्त्रीपरिषदलाई पुर्णता दिईने बताए।

प्रकाशित: २ मंसिर २०७८ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App