१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ। ६ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा ६२ र १ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। 

मोरङको विराटनगरमा २६, सुनबर्षी, बेलबारी, लेटाङ, कटहरी, सुन्दरहरैंचा, बुढीगंगा र कानेपोखरीमा १–१, झापाको भद्रपुरमा ४, विर्तामोडमा ३, मेचीनगर र अर्जुनधारामा २–२, कनकाई, दमक, शिवसताक्षी, कमल र झापा गाउँपालिकामा १–१, सुनसरीको धरान, इनरुवा र इटहरीमा २–२, बर्जु र बराहक्षेत्रमा १–१, उदयपुरको रौतामाईमा २, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधबार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १९ महिला र १९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७८ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App