coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गरेको छ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतको प्रस्ताव पेश गर्ने तयारी गरिरहेका बेला प्रतिपक्षी दल नेकपा एमालेले बैठक नै स्थगित गर्न माग गरेको हो।

विप्लव समूहको नेकपा माओवादीले गरेको बन्दका कारण आफ्ना सांसद प्रदेशसभामा उपस्थित हुन नसक्ने भएकाले प्रदेश सभा बैठक स्थगित गर्न आफूहरूले माग गरेको एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। उनका अनुसार नेकपा एमालेका सांसद बन्दका कारण आउन नसकेको र हाल ७ जना मात्रै सांसद प्रदेशसभामा उपस्थित हुने स्थिति देखिएकाले प्रदेशसभा बैठक स्थगित गर्न कार्यव्यवस्था परामर्श समितिमा माग गरेको तर, सत्तारुढ दलहरूले नमानेका कारण आफू बैठक छाडेर निस्किएको राजभण्डारीले बताए।

उनका अनुसार प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा सचिवालयमा पनि बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराइसकेको छ। प्रदेश सभाको बैठक बसेको खण्डमा एमालेका सांसदहरू उपस्थित नहुने पनि राजभण्डारीले स्पष्ट पारेका छन्। उनले भने, ‘हाम्रा सांसद बन्दका कारण आउन नसकेकाले प्रतिपक्षी दल नेकपा एमाले आजको बैठकमा सहभागी हुँदैन।’

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका थिए। तर, प्रतिक्षदलले बन्दका कारण सांसदहरू आउन नसक्ने भनेर बखेडा झिकेपछि साढे १२ बजे बस्ने भनेको बैठक अझैसम्म बस्न सकेको छैन।

प्रकाशित: ३० कार्तिक २०७८ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App