२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राहतको सट्टा रोजगारी

नगरपालिकाको ८१ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको १२ लाख, वडा न. ९ र १० मा डब्लुआइआरसिको १५ लाख गरी एक करोड आठ लाख रकम रोजगारीमा खर्चिने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

फुनपाको कोरोना कोषमा नेरुडे लघुु बित्तको सहयोग

कोरोना भाईरस संक्रमण विरुद्ध लड्न ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले स्थापना गरेको कोषमा जम्मा हुनेगरी नेरुडे लघु बित्त बित्तीय संस्था लिमिटेडले मंगलवार सहयोग रकम हस्तान्तरण गरेको छ ।

वडावासीको पेट भर्दै वडाध्यक्ष, दैनिक एक हजारलाई खाना

पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ । उनीहरु सेवा लिन आएका भने होइनन् । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्यामा परेकाहरु वडाले वितरण गरेको खाना खानका लागि त्यहाँसम्म आइपुगेका हुन् ।

राजनीतिक उचाइ बढाउन गलत प्रचारबाजी

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो गृह जिल्ला रोल्पामा विभिन्न स्वास्थ्य सामग्री पठाइएको जानकारी दिइन् । उनले रोल्पाका लागि दुई हजार थान आरडिटी किट,पाँच हजार थान सर्जिकल मास्क र ७५ थान पिपिई सेटसहितका स्वास्थ्य सामग्री पठाएको लेखेकी छन् ।

चीनद्वारा रसुवा जिल्लालाई स्वास्थ्य तथा खाद्य सामग्री सहयोग

चीनले रसुवा जिल्लाका लागि स्वास्थ्य तथा खाद्य सामग्री उपलब्ध गराएको छ । चीनको तिब्बतको जिलोङ काउन्टीले २ करोड ३८ लाख मूल्य बराबरको सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो ।

बराहपोखरीमा लकडाउन पीडितलाई राहत वितरण सुरु

खोटाङको बराहपोखरी गाउँपालिकाले लकडाउन पीडितलाई राहत बाँड्न सुरु गरेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाँड्न सुरु गरेको हो । गाउँपालिकाले ६ वडाका विपन्न ७१३ परिवारलाई १५ लाख बराबरको १४ हजार ९४५ केजी चामल, १ हजार ६८८ केजी दाल, ८४४ लिटर खाने तेल र १ हजार ३०१ केजी नुन वितरण गर्ने जनाएको छ ।

गर्भवति र बिपन्नलाई खाद्यान्न सहयोग

बेस संस्थाले गुलरिया नगरपालिकाका ६ सय विपन्न घरपरिवारका लागि खाद्यान्न सामाग्री सहयोग गरेको छ । एक सय जना गर्भवतीहरूलाई पोषणयुक्त खाद्य सामाग्री र स्वास्थ्यकर्मी तथा क्वारेन्टिनस्थलमा बसिरहेकाहरूलाई मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री संस्थाले सहयोग गरेको नगरपालिकाले बताएकाे छ ।

नागरिकता नभए पनि राहत देऊ : सर्वोच्च

सर्वोच्च अदालतले बन्दाबन्दीको समयमा विपन्नका लागि सरकारले राहत बाँड्दा नागरिकता अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले अप्ठेरोको बेला भएकाले कुनै कागजात नभएपनि विपन्नलाई राहत वितरण गर्न अन्तरिम आदेश जारी गरेको हो।

मन्त्री पुनद्वारा निजी क्षेत्रबाट प्राप्त रकमको चेक हस्तान्तरण

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रमार्फत प्राप्त १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन्।

क्यान्सर पीडित बालकलाई एक लाख सहयोग

क्यान्सर पीडित वीरेन्द्रनगर–९ पातालगंगाका चार वर्षीय बालकको उपचारका लागि रोजगारीका लागि दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । रोजगारीका लागि दक्षिण कोरियामा रहेका पालातगंगाका युवा राजु चौधरीको पहलमा संकलित एक लाख एक हजार ११३ रुपैयाँ वडाध्यक्ष सुरेश मानन्धरले बालका हजुरआमा रामप्यारी चौधरीलाई प्रदान गरे ।

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ जना पुगेकाे गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले जनाएकाे छ ।

डाबर ईन्टरनेशनलद्वारा युएईका नेपालीलाई ३० लाख रुपैयाँ बराबरकाे राहत सहयोग

डाबर ईन्टरनेशनलले युएईमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुको सहयोगका लागि ३० लाख नेपाली रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको छ ।

निःशुल्क भोजन बन्द : श्रमिक वर्ग मर्कामा

बन्दाबन्दी जारी रहँदा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएका निःशुल्क भोजनस्थल बन्द गरिएपछि दैनिक ज्यालादारी गर्नेलाई समस्या पर्न थालेको छ।

राहतको ठेक्कामा मिलेमतोः अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा

मजदुर र गरिव परिवारलाई राहात बितरण गर्न २ करोड ६१ लाखको ठेक्का मिलेमतोमा दिएको र किरा परेको चामल बितरण भएको भन्दै कारवाहीको व्यापक माग उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान महेन्द्रनागरको टोलीले धनगढी उपमहानगरपालिका कार्यालयमा बिहिवार छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्