२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गर्भवति र बिपन्नलाई खाद्यान्न सहयोग

खाद्यान्न बुझ्दै नगरप्रमुख मुक्तिनाथ यादव । तस्बिर : निर्मल घिमिरे/नागरिक

बेस संस्थाले गुलरिया नगरपालिकाका ६ सय विपन्न घरपरिवारका लागि खाद्यान्न सामाग्री सहयोग गरेको छ । एक सय जना गर्भवतीहरूलाई  पोषणयुक्त खाद्य सामाग्री र स्वास्थ्यकर्मी तथा क्वारेन्टिनस्थलमा बसिरहेकाहरूलाई मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री संस्थाले सहयोग गरेको नगरपालिकाले बताएकाे छ ।  

बेस संस्थाले २० लाख मुल्य बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको बेसका अध्यक्ष थारुले बताए । संवाद समुह बर्दियाको सहजीकरण तथा बेस बर्दियाको सहकार्यमा विपन्न घरपरिवारलाई खाद्य सामाग्री उपलब्ध भएको छ ।

नगरपालिकाका ४ वटा वडाका गर्भवति र नगरपालिकामा सूचिकृत बिपन्न भित्र पर्ने परिवारलाई खाद्य सामाग्री उपलब्ध गराएको सहजकर्ता भावुक योगिले जानकारी दिए ।

प्रकाशित: ४ जेष्ठ २०७७ १६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App