२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चीनद्वारा रसुवा जिल्लालाई स्वास्थ्य तथा खाद्य सामग्री सहयोग

चीनले रसुवा जिल्लाका लागि स्वास्थ्य तथा खाद्य सामग्री उपलब्ध गराएको छ । चीनको तिब्बतको जिलोङ काउन्टीले २ करोड ३८ लाख मूल्य बराबरको सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्लामा खाद्य तथा स्वास्थ्य सामग्री अभाव हुन सक्ने कुरालाई मध्यनजर गर्दै सामग्री दिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।  ‘कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने गरी सामग्री प्राप्त भएको छ’, उनले भने, ‘प्राप्त सामग्री आवश्यकता अनुसार उपयोग गर्ने छौं ।’ आएका सामग्रीमध्ये खाद्य सामग्री आइतबार नै पाँचवटा गाउँपालिकालाई पठाइएको छ ।  

काउन्टीले २५ किलोको चामल १ हजार १ सय बोरा, २५ किलोको मैदाको पिठो १ हजार १ सय र तोरीको तेल प्रति बकेट १० लिटरको २ सय ७८ प्याकेट दिएको थियो । जसमा प्रतिगाउँपालिका चामल २१० बोरा, पिठो २ सय २० बोरा र ६५ बकेट तोरीको तेल पठाइएको हो ।  

बाँकी ५० बोरा चामल र ५३ बकेट तोरीको तेल आपतकालीन अवस्थामा जिल्ला स्तरमा विपद् व्यवस्थापन समिति मार्फत खाद्यान्न वितरण हुने गरी रेडक्रस रसुवाको जिम्मामा राखिएको उनले जानकारी दिए ।  प्राप्त स्वास्थ्य सामग्री जिल्लामा रहेका अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेक्स र आइसोलेसनमा उपयोग गरिने छ । जसमा सर्जिकल मास्क १ लाख ३० हजार, व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) १ हजार १ सय एन ९५ मास्क १ हजार ५ सय र इन्फ्रारेड थर्मामिटर १ सय १० रहेको छ ।  

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App