२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

राहतको सट्टा रोजगारी

तस्बिर रोल्पा नगरपालिका

रोल्पा नगरपालिकाले कोरोना संकटको यो समयमा ‘राहतको सट्टा रोजगारी’को तयारी गरेको छ । जिल्लामै रहेका र बाहिरी जिल्लाबाट रोल्पा भित्रिएकाहरुलाई आर्थिक समस्या नपरोस भन्नका लागि यस्तो योजना अगाडि बढाउन थालिएको हो । लकडाउन यता रोल्पा नगरपालिकामा मात्रै ८ सय ५६ जना भित्रिएका छन् भने अन्य समयमा पनि यहाँ मजदुरी गरेर खानेहरु पनि धेरै छन् ।

आफ्नो क्षेत्रका जनताहरुले असहज परिस्थितिमा कष्ट भोग्नु नपरोस भन्दै नगरपालिकाले राहतको सट्टा रोजगारीको तयारी गरेको हो । ‘हामीले एक करोड बढी रकम अति विपन्नको रोजगारीका लागि विनियोजन गरेका छौ ।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले भने ‘सिँचाई कुलो निर्माण, ढलनाला, पोखरी, गोरेटो बाटो, सडक लगायका क्षेत्रमा स्थानीयहरु मजदुरहरुको अधिकतम सहभागिता गराइने छ ।’

नगरपालिकाको ८१ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको १२ लाख, वडा न. ९ र १० मा डब्लुआइआरसिको १५ लाख गरी एक करोड आठ लाख रकम रोजगारीमा खर्चिने तयारी गरिएको नगरपालिकाले जनाएको छ । मजदुरीका लागि जिल्ला बाहिर गएकाहरु लकडाउनपछि घर फर्केर बेरोजगार बनेका छन् । यो कार्यक्रम दीर्घकालीन समाधान नभए पनि केही समयका लागि सहज हुनेछ ।  

पछिल्लो समय जिल्लामा डोजरले रोजगारी खोसेको गुनासो आइरहेको थियो । नगर प्रमुख केसीले आउँदा दिनमा रोजगारमुलक योजना अगाडि बढाइने बताएका छन । उनकाअनुसार अब कृषि क्षेत्रमा पनि लगानी बढाइने छ ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App