२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फुनपाको कोरोना कोषमा नेरुडे लघुु बित्तको सहयोग

नगरप्रमुख प्याकुरेललाई सहयोग रकम हस्तान्तरण गर्दै नेरुडे लघु बित्तका श्रीकृष्ण श्रेष्ठ । तस्बिर : खगेन्द्र / नागरिक ।

ताप्लेजुङ

कोरोना भाईरस संक्रमण विरुद्ध लड्न ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले स्थापना गरेको कोषमा जम्मा हुनेगरी नेरुडे लघु बित्त बित्तीय संस्था लिमिटेडले मंगलवार सहयोग रकम हस्तान्तरण गरेको छ ।  

नेरुडे लघु बित्त बित्तीय संस्था लिमिटेडकातर्फ उपशाखा कार्यालय ताप्लेजुङका प्रवन्धक श्रीकृष्ण श्रेष्ठले राहत कोषमा १० हजार रकम सहयोग गरेका छन् । श्रेष्ठले १० हजार रुपैंया सहयोग रकमको चेक मंगलवार फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरेका हुन् । श्रेष्ठले रकम सानो भएपनि बिश्वनै आक्रान्त भएको महामारी बिरुद्ध लड्न सबैतर्फबाट सहयोग जुटे महामारी बिरुद्धको लडाईमा ठूलो सफलता प्राप्त हुने बिश्वास लिए । नगरप्रमुख प्याकुरेलले सबैक्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले पीडित तथा प्रभावित समुदायको राहत तथा उद्धारमा ठूलो योगदान प्राप्त हुने बिश्वास लिए ।

 यसअघि लघु बित्त बित्तीय संस्था लिमिटेडको जिल्ला समन्वय समितिले कोभिड–१९ का प्रभावित समुदायलाई खाद्यान्न सहितका जिन्सी सामग्री सहयोग गरेको थियो ।  

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App