२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बराहपोखरीमा लकडाउन पीडितलाई राहत वितरण सुरु

बराहपोखरी गाउँपालिकामा ट्याक्टरमा राहत बोकेर गाउँ लगिँदै । तस्बिर : नागरिक

खोटाङको बराहपोखरी गाउँपालिकाले लकडाउन पीडितलाई राहत बाँड्न सुरु गरेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाँड्न सुरु गरेको हो । गाउँपालिकाले ६ वडाका विपन्न ७१३ परिवारलाई १५ लाख बराबरको १४ हजार ९४५ केजी चामल, १ हजार ६८८ केजी दाल, ८४४ लिटर खाने तेल र १ हजार ३०१ केजी नुन वितरण गर्ने जनाएको छ ।  

एकदेखि दुई जना सदस्य संख्या भएका परिवारलाई प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल र एक केजी नुन, दुईदेखि चार जनाको परिवारलाई प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, एक लिटर तेल र २ केजी नुन तथा पाँच जना भन्दा बढि संख्या भएका परिवारलाई २५ केजी चामल, ३ केजी दाल, डेढ लिटर तेल र २ केजी नुन वितरण सुरु गरिएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए ।  

आईतबार बराहपोखरी गाउँपालिका–५ पौवासेराका १०९ परिवारलाई राहत वितरण गरिएको छ । पौवासेरामा एकदेखि दुई जना संख्या भएका २५ परिवार, तीनदेखि चार जना संख्या भएका २४ परिवार र पाँच भन्दा बढि सदस्य संख्या भएका ६० परिवारलाई राहत प्रदान गरिएको छ । यस्तै, बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ६० परिवारलाई राहत बाँडिएको छ । मौवाबोटेका एकदेखि दुई जना भएका ६ परिवार, तीनदेखि चार जना भएका ५ परिवार र पाँच भन्दा बढि सदस्य संख्या भएका ४९ परिवारलाई राहत प्रदान गरिएको प्रशासन सहायक पोखरेलले बताए ।  

सोमबार बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ८५ परिवार र बराहपोखरी गाउँपालिका–३ साउनेचौरका १२१ परिवारलाई राहत बाँडिदै छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका २६३ परिवार र बराहपोखरी गाउँपालिका–४ फाक्टाङका ७५ परिवारलाई पनि क्रमशः राहत बाँडिने पोखरेलले बताए । राहत वितरणका लागि गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा, उपाध्यक्ष गोमा मगर लगायतका जनप्रतिनिधि ट्याक्टरमा राहत बोकेर वडा–वडा डुलिरहेका छन् ।  

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App