२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङका अग्नि पीडितलाई विपद् व्यवस्थापन समितिले गर्‍यो निर्णय (अपडेट)

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले यहाँका अग्नि पीडितका लागि भूकम्प प्रभावित संरचनाहरुको पुनर्निर्माण सरहको सहयोग गरिदिन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

ताप्लेजुङका अग्नि पीडितलाई अमेरिकामा पनि जुट्न थाल्यो सहयोग (अपडेट)

ताप्लेजुङका अग्नि पीडितलाई अमेरिकाबाट पनि सहयोग जुट्न थालेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भई हाल अमेरिकामा बस्दै आएका पुष्कर बरालको अगुवाईमा अग्नि पीडितका लागि राहत संकलन सुरु भएको छ ।

ताप्लेजुङका अग्नी पीडितलाई साढे ७ लाख राहत (अपडेट)

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले फुङ्लिङका अग्नि पीडितलाई झण्डै ७ लाख रुपैयाँ प्रदान गरेको छ । यसैगरी किराँत याक्थुङ कलाकार मञ्च फुङ्लिङले करिव ५८ हजार रुपैयाँ वितरण गरेको छ ।

आन्द्रामा प्वाल पर्दा सिकिस्त भएका तास्मिनको सहयोगमा अभियान (अपडेट)

आन्द्रामा इन्फेक्सन भएपछि सिकिस्त बिरामी भएका खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ (छुप्लुङ)का २४ वर्षीय तास्मिन राईको बचाउका लागि सहयोग अभियान चलाइएको छ । स्वास्थ्यमा समस्या आएपछि डेढ महिनादेखि थलिएका राईको जीवन बचाउका लागि आफन्त तथा शुभेच्छुकले सहयोग अभियान चलाएका हुन् ।

४६ सुत्केरीलाई पोषणयुक्त खाद्य सामग्री (अपडेट)

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका ४६ महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरेको छ । लकडाउनको अवधि (चैत र बैसाख)मा सुत्केरी हुँदा पोषिलो खाद्य सामग्री जुटाउन नसकिरहेको अवस्थाका सुत्केरी महिलालाई गाउँपालिकाले चना, केराउ, भटमास, गहुँ, अण्डा लगायतका पोषणयुक्त खाद्य वस्तु वितरण गरेको हो ।

२ करोड ६१ लाखको राहत ठेक्का मिलेमतोमा

धनगढी उपमहानगरपालिका ४ उत्तरवेहेडी महिमा टोलकी सीता थापा राहात उपलब्ध गराउने भनेपछि खुशी भएर शिवपुरी धाम पुगिन्। धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको राहात स्वरुपको चामलको कट्टा बुझेर घर गईन।

जसले लकडाउनमा दुई छाक पाए

देशव्यापी लकडाउन भएपछि सर्वसाधारणको खाने–बस्ने बन्दोबस्त गर्न सरकारलाई सुरुदेखि निकै धौधौ भयो । र, अहिले पनि अवस्था झन्डै उस्तै छ । तर, फरक अवधारणा, चुस्त व्यवस्थापन र तत्परता हुने हो भने जस्तोसुकै कठिन बेलामा पनि विपन्नको हातमुख जोर्ने मेलो मिलाउन जटिल छैन भन्ने उदाहरण यहाँका केही ‘मनकारी’ युवाले देखाएका छन् ।

ताप्लेजुङमा अग्नि पीडितका लागि कोरिया र काठमाडौमा साढे ८ लाख रुपैयाँ संकलन (अपडेट)

‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ....’राष्ट्रभक्तिपूर्ण यो गीतले भने झैं बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पूर्वी पहाडदेखि सुदुरपश्चिमसम्मका नेपाली नागरिकले ताप्लेजुङका आगलागी पीडितका लागि सहयोग प्रदान गरेका छन् ।

घर-घरमा राहत बाड्दै बेलहियाका युवा

नेपाल भारत सीमा नाका बेलहियाका यूवाहरुले स्वतस्पूर्त रुपमा राहत बाड्दै आएका छन्। नेपाल लकडाउन भएसँगै विपतसँग सामाना गर्न सिद्धार्थनगर–१ बेलहियाका यूवाहरुले बेलहिया यूवा सामाजिक अभियान्ता समूह नै गठन गरी राहत स्वरुप खाद्यान्न सहयोग गरेका हुन।

उपत्यका र सदरमुकामका विद्यार्थी तथा मजदुरलाई लिमचुङबुङको राहत

उदयपुरको लिमचुङबुङ गाउँपालिकाले सदरमुकाम गाईघाट र काठमाडौं उपत्यकामा अध्ययनरत विद्यार्थी तथा मजदुर वर्गलाई राहत दिएको छ । झण्डै दुई महिनादेखि लकडाउन हुँदा अप्ठेरोमा परेका विद्यार्थी तथा मजदुरलाई भोको बस्न नपरोस् भन्ने उदेश्यले चामल, दाल र नुन–तेलको राहत प्याकेज गाउँपालिकाले वितरण गरेको जनाएको छ ।

कास्कीमा  ६ लाख केजी चामल वितरण

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट प्रभावित यहाँका ३४ हजार १२१ परिवारलाई राहत वितरण गरिएको छ।

राहतको सट्टा रोजगारी

लकडाउनका कारण रोजगारी गुमेर छाक टार्न समस्या भएका परिवारलाई विभिन्न स्थानीय तहले राहत वितरण गरिरहेका बेला ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले भने राहतको सट्टा रोजगारी दिएर उदाहरणीय काम गरेको छ ।

ताप्लेजुङ समाज र कपन बौद्ध गुम्बाले दिए अग्नि पीडितलाई राहत

ताप्लेजुङका अग्नि पीडित परिवारलाई राहत स्वरुप शुक्रबार नगद तथा जिन्सी सामग्री प्रदान गरिएको छ । ताप्लेजुङ समाज नेपाल काठमाडौले नगद तथा नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले जिन्सी सामग्री प्रदान गरेका छन् । एकद्धार प्रणालीमार्फत मात्रै राहत वितरण गर्न पाइने भएकोले दुबै संस्थाले फुङ्लिङ नगरपालिकाको समन्वयमा राहत वितरण गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दियो राहतको सट्टा रोजगारी

लकडाउनका कारण रोजगारी गुमेर छाक टार्न समस्या भएका परिवारलाई बिभिन्न स्थानीय तहले राहत वितरण गरिरहेका बेला ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले भने राहतको सट्टा रोजगारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्