२१ आश्विन २०८१ सोमबार
image/svg+xml

क्वारेन्टिन र राहतमा भएको खर्च खोजिँदै

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थानीय तहबाट अव्यवहारिक रूपमा खर्च बढेको भन्ने जनगुनासो बढेपछि सरकारले स्थानीय तहबाट हालसम्म भएका खर्च तथा कामहरूको विवरण माग गरेको छ ।

कोरोना राहत कोषमा २ करोड ८९ लाख ६६ हजार रुपैयाँ जम्मा

कोरोना संक्रमाणबाट बच्न जिल्लाका स्थानीय तहहरुले राहत संकलनलाई प्राथमिकताका साथ अगाडी बढाएका छन् । कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहेका बेला त्यसबाट बच्न स्थानिय तहहरु राहत संकलनमा जुटेका हुन् ।

छुटेका लकडाउन पीडितलाई राहत

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो चरणमा राहत लिन छुटेका लकडाउन पीडितलाई राहत बाँड्न थालेको छ । पहिलो चरणमा ६ सय परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले छुट भएका वा तोकिएको मितिमा राहत लिन आउन नभ्याएका लकडाउन पीडितलाई वडा–वडामा पुगेर राहत दिन थालेको हो । मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ५६ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ४४ परिवारलाई राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

बिराटनगर र सुनसरीमा रहेका पालिकावासीलाई गाउँपालिकाको राहत

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कामका सिलसिलामा बिराटनगर र सुनसरीमा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीलाई राहत बाँड्न सुरु गरेको छ । दैनिक जीवन यापनका लागि मजदुरीको काम गरिरहेका वा अध्ययनका सिलसिलामा शहरमा बसिरहेको अवस्थामा लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका पालिकाबासीलाई गाउँपालिकाले कोठा–कोठामै पुगेर चामल, दान, नुन, तेल लगायतका खाद्यवस्तु उपलव्ध गराउन थालेको हो ।

नाजरिन परोपकार सेवाको राहत

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित क्रिस्चियन धर्मावलम्बीको नाजरिन परोपकार सेवा नेपाल शाखाले लकडाउन पिडित परिवारलाई राहत बाँडेको छ ।

भुल्केमा ‘नेपाली वेलफेयर समाज युके’को राहत

कोरोना भाइरस (कोविड–१९) केन्द्र उदयपुरको भुल्केमा बेलायती संस्था‘नेपाली वेलफेयर सोसाइटी युवके’ले राहत वितरण गरेको छ ।

लकडाउन पीडितलाई नाजरिन परोपकार सेवाको राहत

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित क्रिस्चियन धर्मावलम्बीको नाजरिन परोपकार सेवा नेपाल शाखाले लकडाउन पीडित परिवारलाई राहत बाँडेको छ । नाजरिन परोपकार सेवाले सोमबार बाहुनीडाँडाका ७३ घर परिवारलाई चामल, दाल, नुन, तेल र सावुन बाँडेको हो ।

बन्दाबन्दी र घरभाडा

राहतका नाममा राज्यकोषबाट एकासीकरोड खर्चिएको खबर सार्वजनिक भएपनि त्यसको यथार्थ हिसाबकिताब नराखिएको खबर छापिएका छन् । यस्तो दुःखद घडीमा पनि भ्रष्टाचार हुनुलाई अक्षम्य कसूर मान्नुपर्ने हुन्छ ।

एकल महिलालाई दिइसकेको राहत खोसियो

राहत पाउँदा अभावको घाउमा मलमको महसुस भएको थियो उनलाई । तर पाइसकिएको राहत खोसिएपछि उनी निराश छिन् ।

आमिर खानले आँटाको प्याकेटमा पैसा बाँडेको भिडियोको सत्यता के हो ?

विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। विभिन्न ठाउँमा राहतका कार्यक्रम आएका छ। कतै सरकारी तवरबाट त कतै व्यक्तिगतरुपमा राहत बाँडिएको छ।

जमिन्दारलाई राहत बाँडेको विरोधमा प्रशासनमा धर्ना

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा वितरण गरिएको राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । चक्रघट्टा गाउँपालिका–५ पडरिया गाउँस्थित चमार टोलका बासिन्दाले सोमबार दिउँसो सदरमुकाम मलंगवामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

राहत वितरणमा झडप : ९ राउन्ड हवाई फायर, ४ राउन्ड अश्रु ग्यास प्रहार

वडा कार्यालयले गरेको राहत वितरणमा असन्तुष्टि जनाउँदै विरोधमा उत्रीएका स्थानीय र रोक्न खोज्ने प्रहरीबीच मिर्चैयामा झडप भएको छ । झडपको क्रममा प्रहरी नायव उपरिक्षकसहित पाँच जना प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

व्यवसायीले मागे विशेष राहतको प्याकेज

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउनको समय लम्बिँदै जाँदा उद्योग, व्यापार, व्यवसायीको क्षेत्रमा समस्या उत्पन्न भएका सरकारले विशेष राहत प्याकेजको घोषणा गर्नुपर्ने विराटनगरका व्यवासायीले माग गरेका छन् ।

सायल गाउँपालिकाले एकल महिलालाई दिएको राहत फिर्ता लियोे

लाउलाउ–खाउँखाउँको उमेरमा ‘विधवा’ बनेकी सायल गाउँपालिका–२ ओखट्टेकी ३० वर्षिया कृष्णादेवी ओझा राहत पाउदा औधी खुशी थिईन् । सडक मर्मत समूह(आरएमजी)मा मजदुरी गरेर नौ वर्षको छोरा र सासुलाई पालिरहेकी उनलाई लकडाउनले धेरै सास्ती थपेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्