८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लकडाउन पीडितलाई नाजरिन परोपकार सेवाको राहत

बाहुनीडाँडामा नाजरिन परोपकार सेवाको राहत बाँड्नेक्रममा वडाध्यक्ष रुद्र राई लगायत । तस्बिर : नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित क्रिस्चियन धर्मावलम्बीको नाजरिन परोपकार सेवा नेपाल शाखाले लकडाउन पीडित परिवारलाई राहत बाँडेको छ । नाजरिन परोपकार सेवाले सोमबार बाहुनीडाँडाका ७३ घर परिवारलाई चामल, दाल, नुन, तेल र सावुन बाँडेको हो ।

नाजरिन परोपकार सेवाका मनोजकुमार राई र प्रेमकुमार राईको अगुवाईमा चार जनाभन्दा बढि सदस्य भएका ५३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, २ केजी दाल, २ केजी नुन, १ वटा लुगा धुने र १ वटा नुहाउने साबुन प्रदान गरिएको छ ।

यस्तै, तीन जना भन्दा कम सदस्य भएका २० परिवारलाई प्रतिपरिवार १५ केजी चामल, १ केजी दाल, १ केजी नुन, १ पोका तेल र १ वटा साबुन प्रदान गरेको छ । बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राई, राजनैतिक दलका स्थानीय नेता, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतले राहत हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित: २३ वैशाख २०७७ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App