१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना राहत कोषमा २ करोड ८९ लाख ६६ हजार जम्मा

अर्घाखाँची, – कोरोना संक्रमणबाट बच्न जिल्लाका स्थानियतहहरुले राहत संकलनलाई प्राथमिकताका साथ अगाडी बढाएका छन् । कोरोना भाइरस संक्रमणबाट विश्व आक्रान्त बनिरहेका बेला त्यसबाट बच्न स्थानीय तहहरु राहत संकलनमा जुटेका हुन् । 

अर्घाखाँचीका ६ वटा स्थानीय तहहरुमा कुल २ करोड ८९ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ । पालिकाहरुले विपद् कोषलाई छुट्टाएको रकम, प्रदेश सरकारको सहयोग र स्थानीयतहको सक्रियतामा २ करोड ८९ लाख ६६ हजार रुपैयाँ जम्मा भएको हो ।  जिल्लाको शितगंगा नगरपालिकाको राहतकोषमा १ करोड ५ लाख रुपैयाँ जम्मा भएको छ । भुगोलका दृष्टिकोणले नेपालकै ठूलो शितगंगा नगरपालिकाको राहतकोषमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए । 

भूमिकास्थान नगरपालिकाको कोरोना नियन्त्रण राहतकोषमा १९ लाख ५० हजार, सन्धिखर्क नगरपालिकाको कोषमा ५१ लाख ७३ हजार, छत्रदेव गाउँपालिकाको राहत कोषमा ५६ लाख १९ हजार, पाणिनी गाउँपालिकाको राहतकोषमा ३९ लाख ५० हजार र मालारानी गाउँपालिकाको राहतकोषमा १७ लाख ७४ हजार रुपैयाँ जम्मा भएको स्थानीय तह प्रमुखहरुले जनाएका छन् ।

 

प्रकाशित: २५ वैशाख २०७७ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App