२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङका ३ हजार ३ सय बढी बिपन्न परिवारले पाए राहत

लकडाउनका कारण छाक टार्न नै समस्यामा परेका घररिवारलाई दिईने राहत ताप्लेजुङमा अहिले सम्म ३ हजार ३ सय १३ परिवारलाई वितरण गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले जनाएको छ ।

श्रममा आधारित राहत कार्यक्रम

निश्चित ठाउँमा बोलाएर राहत वितरण भइरहेका बेला धादिङको एउटा स्थानीय तहले भने नयाँ अभ्यास थालेको छ । नेत्रावती डवजोङ गाउँपालिकाले श्रममा आधारित रोजगार कार्यक्रम गरेर राहत वितरणमा नयाँ अभ्यास थालेको हो ।

इन्जिनियरिङका विद्यार्थीलाई राहत

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरले आर्थिक अवस्था कमजोर भएका आफ्ना विद्यार्थीलाई राहत वितरण गरेको छ ।

विपन्नलाई राहत बाँड्दै सेतो गुम्बा

काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको ड्रुक अमिताभ माउन्टेन ( सेतो गुम्बा ) ले राहत वितरण गरेको छ। नगरपालिकाको वडा नं. ६ मा ३५० विपन्न नागरिकहरुलाई राहत सामग्री वितरण गरेको हो।

नगरपालिकालाई काँग्रेसको राहत

कोरोना नियन्त्रणका लागि भैरहेको लकडाउनका कारण विपन्न परिवारमा परेको समस्यालाई  मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरुले टीकापुर नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन्। नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ प्रदेश समिति ख र टीकापुर नगर समितिले २ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ।

७० क्विन्टल चामलसँगै राहत बाँड्दै नेपाली कांग्रेस डडेल्धुरा

लकडाउनका बेला मारमा परेका स्थानीयलाई नेपाली कांग्रेस डडेल्धुराले राहत बाँड्न सुरु गरेको छ । स्थानीय सरकार मार्फत नेपाली कांग्रेस डडेल्धुराले समस्यामा परेकाहरुलाई राहत बाँड्न थालेको हो । कांग्रेसले यहाँका सातवटै सथानीय तहलाई ७० क्विन्टल चामलसँगै दाल र नुन बाँड्ने जनाएको छ ।

भारतीय मजदुरलाई साप्ताहिक राहत

इटाभटा बन्द भइसके पनि लकडाउनका कारण भारत फर्कन नसकेपछि इटाभटामा काम गर्ने भारतीय मजदुरहरुलाई साप्ताहिक राहत भताको बन्दोवस्त गरिएको छ ।

नेत्रावती डवजोङ गाउँपालिकाको नयाँ अभ्यास: १० दिनसम्म काम, त्यसपछि राहत

कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा छ। लकडाउन लम्बिदै जादाँ दैनिक ज्याला   मजदुरी गरेर छाक टार्ने परिवारहरु मारमा परेका छन्। स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र रहेका नागरिकहरुलाई राहत स्वरुप खाद्यन्न वितरण पनि गरिरहेको छ।

श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न सरकारसँग नेता देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति एवं  शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका  छन्।

ताप्लेजुङका लघुवित्त बित्तीय संस्थाहरुले दिए राहत सामग्री

लघुवित्त बित्तीय संस्था समन्वय समिति ताप्लेजुङले फुङ्लिङ नगरपालिकाको मातहतमा वितरण हुने गरी जिन्सी सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसबाट प्रभावित परिवारलाई लक्षित गरी ५ क्विन्टल चामल फुङ्लिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरिएको लघुवित्त बित्तीय संस्था समन्वय समिति ताप्लेजुङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

लकडाउन पीडित ९४ परिवारलाई राहत

लकडाउनको मारमा परेका ललितपुरका ९४ परिवारलाई राहत प्रदान गरिएको छ । लामो समयदेखि जारी लकडाउनका कारण मारमा परेका विभिन्न जिल्ला घर भइ हाल ललितपुरमा बसिरहेका विपन्न वर्ग तथा मजदुर परिवारलाई चामल, दाल, नुन र चाउचाउ प्रदान गरिएको हो ।

राहत लिन पुग्दा प्रहरीको लठ्ठीबाट मजदुरको कानको जाली फुट्यो

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा ठेला चलाएर गुजारा गर्दै आएका भारत विहार मधुवनी जिल्लाका सुजित साहको घरमा मंंगलबार खानेकुरा मात्र सकिएको थिएन, भोकैले मर्ने चिन्ताले समेत सताउन थालेको थियो । लकडाउन भएको एक महिनापछि उपमहानगरपालिकाले राहत बाँड्न लागेपछि मंंगलबार साँझ उनको घरपरिवारमा मात्र खुसीयाली थिएन, ज्याला मजदुरीमा काम गर्ने छिमेकीहरु समेत चयनको स्वश फेर्दै थिए । दुई दिनअघि छिमेकीले दिएको चामलबाट मंगलबार आधा पेट मात्र खाएर उनी विहानको पर्खाइमा थिए ।

राहत वितरणमा भद्रगोलः कतै वितरण भएन, कतै दोस्रो चरणको तयारी

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुलुकलाई बचाउनका लागि जारी लकडाउनका कारण संकटमा परेका विपन्न परिवारलाई दिनुपर्ने राहत सामग्री सर्लाहीमा अझैपनि वितरण नै हुन सकेको छैन । लकडाउन सुरु भएको ३७ औं दिन वित्दा समेत जिल्लास्थित कतिपय स्थानीय तहले राहत वितरण नै गर्न सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्