२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

७० क्विन्टल चामलसँगै राहत बाँड्दै नेपाली कांग्रेस डडेल्धुरा

अमरगढी नगपालिकालाई उपलब्ध गराएको खाद्यान्नको विवरण नगर प्रमुखलाई हस्तान्तरण गर्दै कांग्रेस डडेल्धुरा नेता ।

डडेल्धुरा- लकडाउनका बेला मारमा परेका स्थानीयलाई नेपाली कांग्रेस डडेल्धुराले राहत बाँड्न सुरु गरेको छ । स्थानीय सरकार मार्फत नेपाली कांग्रेस डडेल्धुराले समस्यामा परेकाहरुलाई राहत बाँड्न थालेको हो । कांग्रेसले यहाँका सातवटै सथानीय तहलाई ७० क्विन्टल चामलसँगै दाल र नुन बाँड्ने जनाएको छ ।

एक स्थानीय तहलाई १० क्विन्टल चामल, ५० किलो दाल र ५० किलो नुन उपलब्ध गराउने गरि राहत बाँड्न लागेको नेपाली कांग्रेस जिल्ला कार्य समिति समदस्य दिल्लीराज जोशीले बताए ।

शुक्रबार परेको १३१ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारि दुई वटा नगरपालिका र पाँचवटै गाउँपालिका गरि यहाँका सातवटै स्थानीय तहका स्थानीयलाई राहत बाँड्न स्थानीय तहलाई खाद्यान्न उपलब्ध गराउन थालेको उनले बताए । शुक्रबार जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकालाई चामल, दाल र नुन उपलब्ध गराइएको छ ।

लकडाउनको मारमा दैनिक ज्यालदारीमा काम गर्ने वर्ग समुदायकाहरु परेकाले उनीहरुको चुलोमा आगो बलोस र भाकै बस्न नपरोस भनि खाद्यान्न बाँड्न थालेको उनको भनाई छ । लकडाउन लम्बिदै जाँदा स्थानीय तह तथा विन्नि दातृ संघ संस्थाले वितरण गरेको खाद्यान्न पनि कम पर्ने भएकाले पहिलो चरणमा नेपाली कांग्रेसले खाद्यान्न बाँड्न थालेको उनले बताए । दुई तिन दिन भित्र सबै स्थानीय तहलाई चामल, दाल र नुन उपलब्ध गराई सक्न उनको भनाई छ ।

दैनिक ज्यालादारी गरि खाने वर्गका लागि नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराको समन्वयमा श्रमि दिवसको अवसर पारि खाद्यान्न वितरण सुरु गरिएको ट्रेड युनियन कांग्रेस डडेल्धुरा अध्यक्ष टेकराज पाण्डेयले बताए ।

 

 

प्रकाशित: २० वैशाख २०७७ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App