७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

राहतका लागि फारम भर्नेको भिड

काठमाडौं- लकडाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन्।

घरभन्दा टाढा रहेका, दैनिक ज्याला मजदुरी गर्नेहरुलाई स्थानीय तहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ। देशभरीका स्थानीय स्थानीय तहहरुले राहत वितरण थालेका हुन्। अहिले उपत्यकामा पनि काठमाडौं महानगरपालिकाले राहत वितरण थालेको छ।

महानगरका वडा कार्यालयहरुमा राहत लिने र लिन फारम भर्नेहरुको ठूलो भिड लागेको छ। अध्ययनका लागि आएका विद्यार्थी, मजदुरहरुलगायत राहत लिनका लागि फारम भर्न लामो लाइनमा बसेका छन्। वडा कार्यालयले भिड व्यवस्थापन भने गर्न सकेका छैनन्।

विशेषगरी अहिलेको समयमा सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि राहतका लागि फारम भर्न लाइनमा बसेकाहरुले त्यसको पालना नगरेको पाइएको छ। बिहीबार महानगरपालिकाको वडा नम्बर ३० मा पनि राहत लिन फारम भर्नेहरुको त्यस्त भिड देखिन्थ्यो। काखमा बच्चा बोकेका महिलादेखि डेरा गरी बस्ने विद्यार्थी र अन्य नागरिकहरु राहतका लागि फारम भर्न लामो लाइनमा बसेका छन् । लक डाउन जारी भएको केही दिनपछिबाट नै महानगरपालिकाले राहत वितरण थालेपनि सहज तरिकाले राहत पाउन नसकिएको गुनासो सर्वसाधारणहरुले गरिरहेका छन्।

               

प्रकाशित: १८ वैशाख २०७७ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App