२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

इन्जिनियरिङका विद्यार्थीलाई राहत

भक्तपुर, – नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरले आर्थिक अवस्था कमजोर भएका आफ्ना विद्यार्थीलाई राहत वितरण गरेको छ ।

लकडाउनसँंगै घर फर्कन नपाई कलेज आसपास डेरा गरी बस्ने स्नातक तहको इन्जिनियरिङ अध्ययनरत ५५ जना विद्यार्थीलाई दुई महिनासम्म पुग्ने खाद्यान्नलगायत सामाग्री वितरण गरिएको प्राचार्य प्राध्यापक डा. हरिकृष्ण श्रेष्ठले जानकारी गराए ।

उनका अनुसार प्रतिविद्यार्थी साढे १२ किलोग्राम चामल, दुई थरी दाल एक/एक किलोग्राम, एक धार्नी आलु, एक प्याकेट नुन, एक लिटर तेल र एक प्याकेट गरम मसला वितरण गरिएको जनाइएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App