२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राहतका लागि वितरण गरिएको चामल फिर्ता

राहतमा कमसल चामल दिएको भन्दै सुनसरी हरिनगर वडा नं. १ र २ का बासीन्दाले मंगलबार फिर्ता गरेका छन् । कोरोना भाइरसको माहामारीबाट पीडित भएका हरिनगरका दुईवटा वडाका एक सय भन्दा बढी परिवारलाई दिएको राहत चामल वडा कार्यालयमै फिर्ता गरेका हुन् ।

राहतमा कुहिएको चामल : व्यापारीबिरुद्ध मुद्दा, जनप्रतिनिधि छानबिन बाहिर

नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा बाँडेको न्युन गुणस्तरको चामल बिक्री गर्ने व्यापारी बिरुद्ध दुइवटा मुद्या दर्ता भएको छ।

सप्लायर्सविरुद्ध दुई वटा मुद्दा

नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा बाँडेको कुहिएको चामल बिक्री गर्ने व्यापारीविरुद्ध दुई वटा मुद्दा दर्ता भएको छ ।

विवाहको खर्च बाफतको रकम कोरोना कोषमा

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वाफतको रकम कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन्।

लकडाउन सफल बनाउन कोठामै गाउँपालिकाको राहत !

हाल काठमाडौंमा बसिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका कुमार राईले शनिबार- राहत स्वरुप १५ केजी चामल, दाल, नुन र तेल पाए । शहरमा बसिरहेको अवस्थामा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण मारमा परेका आफ्नो नागरिकलाई कोठामै पुगेर राहत बाँड्ने क्रममा राई परिवारले राहत पाएका हुन् ।

वीरेन्द्रनगरले बाँड्यो दुई करोड रुपैयाँ राहत

वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै दुई करोड रुपैयाँको राहत सामग्री वितरण गरेको छ।

राहतमा दलीय पक्षपात गरेको आरोप

रौतहटको एक नगरपालिकाले राहतमा दलीय पक्षपात गरेको र सरकारले निर्देशन दिएको अनुपातमा राहत वितरण नगरेको आरोप लागेको छ । जिल्ला सदरमुकाम गौर नगरपालिकाले सर्वदलीय संयन्त्र पनि नबनाई आफूखुसी राहत वितरण गरेको भन्दै कारबाहीको माग गरिएको छ ।

राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्ध

विराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले दुई लाख १५ हजार रुपैयाँ बराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ।

दुई हजार ८०० घरधुरीलाई राहत वितरण

विगत लामो समयदेखि जारी रहेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा चलाइरहेका दुई हजार ८०० घरधुरीलाई पर्सागढी नगरपालिकाले राहत सामग्री वितरण गरेको छ।

स्थानीय तहद्वारा राहतको विवरण सार्वजनिक

रौतहटको परोहा नगरपालिकाले पहिलो चरणको राहत वितरण सम्पन्न गरी सम्पूर्ण विवरण सार्वजनिक गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा अनुदानको चामलमा कालोबजारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको बेला चामलमा बढाएको मूल्य बृद्दिको डोल्पाका नागरिकले विरोध जनाएका छन् । विश्व महामारीको समयमा राहत दिनुपर्ने ठाउँमा उल्टै चामल बिक्रीमा कालोबजारी गरेको भन्दै स्थानीयले विरोध गरेका हुन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जापानी चामलमा एक्‍कासी मूल्य बढाएर असुली गर्न थालेपछि विरोध गरिएको हो।

कोरोना राहत कोषमा लामिछानेको १५ लाख सहयोग

लन्डनमा व्यवसाय गर्दै आएका रवीजंग लामिछानेले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ प्रदान गरेका छन्।

कुहिएको दाल बेचेको आरोपमा कलैयाका मेयर बयानका लागि नियन्त्रणमा

राहतको लागि कुहिएको दाल विक्री गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई बयानका लागि बोलाएको छ।

कटहरीको तरकारी बजार सञ्चालनमा, किसान र उपभोक्तालाई राहत

किसान र उपभोक्तालाई लकडाउनको समयमा राहत दिने उद्देश्यले प्रदेश १ को सरकारले मोरङको कटहरीस्थित तरकारी बजार सञ्चालनमा ल्याएको छ । बजारको सोमबार प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर राना (मगर)ले सुभारम्भ गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्