९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

वीरेन्द्रनगरले बाँड्यो दुई करोड रुपैयाँ राहत

सुर्खेत -  वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै दुई करोड रुपैयाँको राहत सामग्री वितरण गरेको छ। नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै एक करोड ९६ लाख ६३ हजार ६२३ रुपैयाँको राहत सामग्री वितरण गरेको जानकारी दिएको छ। कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले शुक्रबारसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो।

कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिए।नगरपालिकाले कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको ३० लाख रुपैयाँ अन्य व्यक्ति तथा संस्थाबाट छ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ बचत हुन आएको जनाएको छ। कार्यपालिका बैठकले लकडाउन शुरु हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माण कार्यलाई भौतिक दूरी कायम गरी रोगको सङ्क्रमण फैलिन नदिने उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै यस अवधिमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको पत्ता लगाउन १६० जनाको दु्रत निदानात्मक परीक्षण (आरडिटी) गरिएको जनाएको छ। नगरपालिकाले सुब्बाकुना, छेडा, फलाँटे, बाँगेसिमललगायतका स्थानमा कोरोना सङ्क्रमणसम्बन्धी सचेतना र सहयोगका लागि सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ। रासस

प्रकाशित: १४ वैशाख २०७७ १४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App